आजै थपिए ६८ कोरोना संक्रमितः संख्या पुग्यो ५८४

काठमाडौं । शनिबार मात्रै ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको जानकारी दिए । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा बाँकेको नरैनापुर मदैरैसामा १७ बर्षदेखि ३२ बर्षसम्मका ६ जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै नरैनापुर ३ मा १५ जना र नरैनापुर १ मा २२ देखि ५० बर्षसम्मका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । बर्दिया बडैयातालमा १९ बर्षिय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
सुर्खेतमा २ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । सेती अञ्चल अस्पतालमा बैतडीका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । झापा गाउँपालिका झापामा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै आजै बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । यी संक्रमित समेत गरी नेपालमा एकै दिन ६८ जनामा कोरोना देखिएपछि ५ सय ८४ संक्रमित संख्या पुगेको छ ।
कुन प्रदेशमा कति कोरोना संक्रमित भेटिए
प्रदेश १ मा ८६
प्रदेश २ मा १ सय ७२
बाग्मती प्रदेशमा ३२
गण्डकी प्रदेशमा ५
प्रदेश ५ मा २७१
कर्णाली प्रदेशमा ४
सुदुरपश्चिम प्रदेशमा १४
स्वास्थ्य मन्त्रालयका अनुसार आइसुलेसमा यतिबेलासम्म ५ सय ८ जनाको उपचार भइरहेको छ । ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयको मोवाइल एप्लीकेशन मार्फत हालसम्म ४० हजार ९ सय ७९ जनाले कोरोनाबारे जानकारी लिएका छन् । जसअन्र्तगत ५ जना रेडजोनमा परेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #आजै थपिए ६८ कोरोना संक्रमित
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्