कोरोना संक्रमितको संख्या ५ सय नाघ्दा नै अस्पतालमा बेड पाउन मुस्कील

काठमाडौं । नेपालमा एकै दिन ह्वात्तै कोरोना संक्रमित ब्यक्ती फेला परेका छन् । बिहिबार ४ सय ५७ जनामा कोरोना संक्रमण देखिएकोमा शुक्रबार संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । अझै संक्रमितको संख्या बढ्दैछ । किनकि बिभिन्न जिल्लामा परिक्षण भइरहेको छ । भारतबाट आएका ब्यक्तीहरुलाई क्वारेन्टाइनामा राखि परिक्षण भइरहेको छ । आज मात्रै बाँकेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि यो संख्या ७० पुगेको छ । संक्रमणकै कारण ३ जनाको मृत्यु भइसकेको छ।
अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। अहिलेसम्म संक्रमित भएका सबैको स्वास्थ्य अवस्था सामान्य भएपनि विभिन्न जिल्लाका विभिन्न संक्रमितहरुलाई अस्पतालको आइसोलेसन वार्डमै भर्ना गरिएको छ। संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा पछिल्लो समय अस्पतालमा संक्रमितलाई भर्ना गर्नका लागि बेडको अभाव हुन थालेको छ। यसका कारण लामो यात्रा गराएर एक जिल्लाका संक्रमितलाई अर्को जिल्लामा पुर्याउने काम समेत भइरहेको छ।
नेपालगञ्जबाट दांग समेत कोरोना संक्रमित बिरामी लगिएको छ । नेपालगञ्जमा भेटिएका संक्रमितलाई समयमै उपचार गर्न समेत कठिनाई भएको थियो । बीरगञ्जमा त झन बिद्यालयमै आइसुलेसन बनाएर उपचार थालिएको छ । यो सरकारको तयारी हेर्दा लाग्छ संक्रमितको संख्या कम भएर सबैलाई अस्पतालमा राख्न सम्भव छ । तर, संख्या बढ्दै जाँदा जटिल खालका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था देखिएको छ । कोरोना भाइरसको संक्रमितको संख्या दैनिक रुपमा बढ्दै जाँदा सरकार यस्तो तयारीमा जुटेको हो। अहिलेसम्म संक्रमित भएका विरामीमा जटिल प्रकृतिको संक्रमण नदेखिए पनि उक्त व्यक्तिबाट अरुमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले उनीहरुलाई अस्पतालमा राखी उपचार गराइरहेको छ ।
कोरोना भाइरसको ग्लोवल साइन अनुसार विश्व स्वस्थ्य संगठनले भन्ने गरेको छ, ‘एक सय जनालाई कोरोना भाइरस भए पनि ९७ प्रतिशतलाई माइल्ड सिम्टम्स सामान्य लक्षण देखिने गर्छ, भने ३ प्रतिशतलाई मात्रै अस्पताल नै राख्नु पर्ने वा चिकित्सकको सहयोग चाहिने खालका हुने चिकित्सकहरु बताउछन् ।
यस्तै मन्त्रालयले कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी गरेको छ जसमा कोरोना भाइरस संक्रमितको उपचारका लागि २५ वटा हब अस्पताल तोकिएको छ भने १ सय २७ वटा अस्पतलमा क्लिनिक सञ्चालन गरिएको छ। योसँगै कोभिडका अस्पताललाई तीन तहमा विभाजन गरिएको छ। पहिलो तहमा १३ वटा, दोस्रो तहमा १२ र तेस्रो तहमा ३ बटा अस्पताल तोकिएका छन्। अझ् यसअघि फेला परेका सबै संक्रमित निको भएर घर फर्केपछि दुई साता यता कुनै नयाँ संक्रमित पुष्टि नभएको सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शुक्रबार फेरि कोरोना संक्रमित भेटिएका छन् । प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिए । बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुष, डडेलधुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो ।
दैनिक सिमा नाकाबाट नेपालीहरु भित्रिरहेका छन् । भारतमा उच्च कोरोना संक्रमणदर हुँदा नेपालमा बिना परिक्षण भित्रिन थालेपछि झन जोखिम बढेको छ । नाकामै क्वारेन्टाइन बनाएर या परिक्षणको दायरा बढाएर नेपालमा प्रबेश गराउनुपर्नेमा सरकार गम्भिर बनेको देखिदैन । जसले पनि कोरोना संक्रमित बढ्दै जाँदा बेड वार्ड समेत नपाउने स्थिति आउनेमा सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breeking
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्