Techie IT
  • ११ वैशाख २०८२, बिहीबार
KhojPatrika

नेपागञ्जबाट एकै साथ २१ जना कोरोनाका बिरामी डिस्चार्ज


काठमाडौं । बाँकेको नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना संक्रमितहरु उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका हुन् । दोस्रो पटक गरिएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल बसाई पूरा गरेर उनीहरु घर फिर्ता पठाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

अव सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा ४ जना संक्रमितको उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो । हाल नेपालगञ्जमा मात्रै संक्रमितको संख्या १ सय १ पुगेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाका बिरामी डिस्चार्ज

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं