नेपाल फर्किन सीमा नाकामा उर्लियो सर्वसाधारणको भिड, ब्यवस्थापनमै चुनौति
काठमाडौं । रोजगारका लागि भारत पुगेका नेपालीहरुको भिड सीमा नाकामा लाग्न थालेको छ । नेपालमा लकडाउन जारी रहँदा पनि सीमा नाकामा थुप्रै नेपालीहरु स्वदेश फर्कन पाउनुपर्ने माग गर्दे भिड लागेका हुन् । दिप्रतिदिन सिमा नाकामा संख्या बढ्दै जाँदा चुनौति थपिएको छ । एकातिर भारतबाट नेपाल फर्किएका सर्वसाधारण दैनिक कोरोनाको संक्रमित भएको भेटिदै गर्दा सीमा नाकामा भिड लागेपछि स्थानीय तहलाई ब्यवस्थापन गर्नमा चुनौति थपिएको छ । बिहिबार मात्रै बाँकेको जमुनाहा नाका भएर करिब तीन हजार नेपालीहरु नेपाल भित्रिएका छन् । कोरोना संक्रमणका कारण भारतमा लकडाउन बढ्दै गएपछि भारतमा रहेका नेपालीहरु घर फर्किन लागेका हुन् ।
जमुनाह नाकाबाट करिव ३ हजार नेपाली नागरिकलाई नेपाल प्रवेश दिइएको छ । नेपालको सिमामा राखी उनिहरुको तथ्याङक संकलन गरी आ–आफ्नो जिल्ला पठाएको बाँके प्रशासनले जनाएको छ । जमुनाह नाकाबाट विभिन्न जिल्लाका २ हजार ९ सय १३ जना नेपाली ल्याईएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए । त्यसैगरी नेपालमा रहेका ३ हजार १ सय ५८ जना भारतीय नागरिकलाई भारततर्फ पठाईएको छ ।
भारतमा कोरोना संक्रमीत बढ्दै गएपछी नेपालीहरु घर फर्कदै आएका छन् । तर, सरकारले नाका शिल गरेपछि भारतबाट आउनेहरु सिमामा रोकिएका छन् । भारतको विभिन्न ठाउबाट आएका नेपालीहरु अहिले पनि बाराको सिमा क्षेत्रमा अलपत्र परेका छन् । सिमामा रहेका नेपालीहरु चोरबाटो भएर निस्कने गरेका छन् । जसका कारण संक्रमणको जोखिम बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । गत हप्ता देखि भारत सरकारले रेल संचालन गर्दा बाराका विभिन्न सिमामा नेपालीहरु आएर अलपत्र परेका छन् । सिमामा आएका नेपालीलाई व्यवस्थित गर्न नसक्दा उनिहरु समस्यामा परेका छन् ।
पूर्वअनुमान गरेझैं भारतबाट जनसागर उर्लिन थालेको छ। सुदूरपश्चिमका लागि, लकडाउन अघि झण्डै डेढ लाख मानिस फर्केका थिए। अझै भारतबाट दुईदेखि तीन लाख मानिस फर्किने अनुमान विज्ञले गरेका छन्। बुधबार मात्रै ८५० जना नेपाल प्रवेश गरेकोमा बिहीबार १५ सय नेपाल भित्रिएका छन्। भारतमा गौरीफन्टा नाका मात्रै खुलेको भन्ने हल्ला चलेकाले पूर्वको झापाका मानिस पनि गौरीफन्टा नाका भएर फर्किन थालेका छन्। तर, भारतबाट फर्किनेको संख्या बढिरहेका बेला प्रदेश र स्थानीय तहको तयारी भने प्रभावकारी देखिएको छैन। प्रदेश सरकारले आरडीटी किट छैन, भनेपछि बुधबार थर्मल गनबाट ज्वरो मापन गरेर मात्रै भित्र्याइएको थियो । जसका कारण नेपालमा कोरोनाको जोखिम झन् उच्च हुने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #सीमा नाका
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्