गुल्मीका कोरोना संक्रमितको मुत्यु,कोरोनाकै कारण नेपालमा ३ जनाको ज्यान गयो
काठमाडौं । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने ६ का ४१ वर्षीय पुरूष जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयले जनाएको छ । क्रिमसन अस्पतालले औपचारिक रूपमै उनको मृत्यु भएको हो । उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको बताइएको छ ।
बुधबार मृत्युको खबर आएपछि खण्डन गरेको अस्पतालले विज्ञप्ति निकाले पनि मृत्यु भएको सार्वजनिक जानकारी गराएको छैन । प्रदेश मन्त्रालयले शव व्यवस्थापनको तयारी थालिएको र शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । निमोनिया भएको भन्दै बिरामीको ढाडको अप्रेसन गरी पानी निकालेपछि उनी सिकिस्त बनेको उनका आफन्तले बताएका छन् ।
जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो । जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको भैरहवास्थित प्रयोगशालाले जनाएको थियो । जण्डिस, रुघा र ज्वरो आएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका उनी त्यहाँ निको नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिकमा आएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको मुत्यु
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्