आइसोलेसनको कोरोना बिरामीको बिजोग, कसरी हुन्छन् निको ?

नेपालमा पछील्लो समय कोरोना सन्क्रमित बढेसङै मृत्यु हुनेको सन्ख्या पनि थपिदै गएको छ । सरकारले परिक्षाणलाई तिब्रता नदिदा यसअगाडी दुई जनाको कोरोना परिक्षाण बिना नै मृत्यु भयो । मृत्यु पछी गरिएको परिक्षाणमा बल्ल कोरोना भएको पुषटी भयो ।यो सङै नेपालमा पनि कोरोनाले भयाबह रुप लिन थालेको प्रस्ट भएको छ ।
क्वेरन्टाइनमा बसेका ब्यक्तिको समेत कोरोना परिक्षाण नभएर उपचार नपाएकै कारण ज्यान गुमाउनु भनेको सानो कुरा मान्न सकिदैन । बाँकेको क्वेरन्टाइन मा हुँदा हुँदै पनि परिक्षाण बिना नै मृत्यु हुनु भनेको सरकारको अत्यन्तै ठुलो कमजोरी नै हो । अहिलेको अवस्थामा सरकारले क्वेरन्टाइनलाई सामान्य एकलबासको रुपमा अर्त्याएको छ । तर त्यस्मा हुने जोखिम , त्यसमा अपनाउनुपर्ने सावधानि , त्यहा गरिनुपर्ने परिक्षाणको बिषयमा भने सरकार मौन जस्तै छ ।
काठमाडौं । विश्वब्यापी रुपमा महाम्रिको रुप लिएको कोरोना भाईरसको सन्क्रमितको नेपालमा पनि दिनानुदिन बढ्दै गएको छ । तर, सरकारले पर्याप्त तयारी नगर्दा झन ठुलो क्षती हुने सम्भावना पनि बढ्दै गएको छ् । परिक्षाणलाई तिब्रता नदिएको सरकारले सुविधायुक्त क्वेरन्टाइन बनाउन र आइसोलेसनको सन्ख्या बढाउन भने खासै ध्यान दिएको छैन ।
क्वेरन्टाइनको सन्ख्या धेरै छ भन्दैमा कोरोनासँगको लडाईं जितिन्छ भनेर सरकार ढुक्क हुनु भनेको अत्यन्तै ठुलो गल्ती भएको जनस्वास्थ्यविद डा बाबुराम मरासिनी बताउछन । क्वेरन्टाइनको अवस्थामा सामान्य पाल जस्तो हुनु , सुत्न र बस्नको ब्यवस्था राम्रो नहुदा पनि सुधार गर्न सरकारले नखोज्ने मात्र होइन यहाँको आइसोलेसनको अवस्थामा पनि सामान्य पाल टागेर बनाइएको क्वेरण्टाइन भन्दा खासै फरक छैन । देशभर रहेका ९ सय ७४ आइसोलेसन मध्ये केही को अवस्था ठिक भएपनी धेरैजसो आइसोलेसनको अवस्था अत्यन्तै दाँयानिय छ । कोरोना सन्क्रमितलाई राखेर उपर्चा गरिरहदा पनि उनिहरुलाई पिउने पानी समेतको राम्रो ब्यवस्था छैन । कोरोना सन्क्रमितहरुलाई अत्यन्तै महत्व दिएर उचित खानपान र उपचारमा खासै ध्यान दिएको पाइदैन । जसले गर्दा उचित खानपन र उपर्चा नपाएकै कारणले अझै धेरैको ज्यान नजाला भन्न सकिन्न ।
आइसोलेसनमा भएका बिरामीलाई थोरै मात्र तलमाथि भयो भनेपनी ज्यान जान सक्ने भएकाले एकदमै ख्याल गर्नुपर्ने जनस्वास्थ्यविद डा बाबुराम मरासिनी बताउछन । अहिलेसम्म त थोरैको सन्ख्यामा मात्र कोरोना देखिएको छ । यो सन्ख्या बढ्दै गयो भने मानिसहरुको उपर्चा नपाएकै कारणले मृत्यु नहोला भन्न सकिन्न । केही दिन अगाडि पर्सामा धेरैको सन्ख्यामा सन्क्रमित देखिएपछी आइसोलेसन बेडको अभाव हुँदा त्यहा रहेको बिद्यालयमा राखेर अहिले उपर्चा भाईरहेको छ ।
त्यस्तै अत्यन्तै प्रभावित देखिएको बाँके जिल्लामा ९४ जनामा सन्क्रमित देखिएपछी अहिले उनिहरुलाई राख्ने आइसोलेसन बेडको अभाव छ । दुई दिन पछी बेड त पाएका छन तर २५ जना अट्ने बेडमा ५९ जनाले उपर्चा गराउन वाध्य छन । यस्तो अवस्था अब धेरै ठाउँमा हुन समय लाग्दइन । त्यसैले सरकारले बेलाइमा यो बिषयमा ध्यान दिन जरुरी हुन्छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आइसोलेसन
तपाईको कमेन्ट लेख्नुहोस्