फ्रण्टलाइनमा जोखिमः कोरोनासँग लड्दै स्वास्थ्य,सुरक्षा र सञ्चारकर्मी
काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या दिनदिनै बढ्दैछ । कोरोना संक्रमितको उपचार र स्वाव संकलन गर्ने चिकित्सक वा स्वास्थ्यकर्मी हुन् या उनीहरुको सुरक्षाका लागि दिनरात पहरेदार रहने सुरक्षाकर्मी हुन् वा हरपल जनताका लागि सुचना प्रवाह गर्ने सञ्चारकर्मी । लकडाउन भएपनि कोरोनाको त्रास भएपनि निरन्तर फ्रण्टलाइनमा खटिएर काम गरिरहेका छन् । कोरोना महामारीसँग जुध्न स्वास्थ्यकर्मी अग्रपंक्तीमा लागेर बिरामीको उपचार गर्नेदेखि बिभिन्न क्वारेन्टाइनमा रहेका सर्वसाधारणको स्वाव संकलन गरिरहेका छन् । तर, तीनै अग्रपंक्तीमा रहेका पेशाकर्मीहरुलाई नै यतिबेला कोरोना भाइरसको संक्रमण देखिदा नेपालमा थप जोखिम बढाएको छ ।
संक्रमित स्वास्थ्यकर्मी
पछिल्लो समय कोरोनाका बिरामीको पहिचान र उपचारको अग्र मोर्चामा खटिने स्वास्थ्यकर्मीहरु समेत कोराना भाइरस संक्रमणको सिकार बनिरहेका छन् । पहिलो पटक कपिलवस्तु जिल्ला अस्पतालकी एक स्टाफ नर्समा पहिचान भएको कोरोना संक्रमण बुधबारसम्म आइपुग्दा ९ जना स्वास्थ्यकर्मीमा पहिचान भएको छ । धनकुटा जिल्ला अस्पतालकी नर्सको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा अस्पतालमा कार्यरत थप तीनजना स्वास्थ्यकर्मी सहित सो जिम्मा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या नै चार पुग्यो । यसअघि वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक जना नर्स, वीरगञ्जका एक फर्मासिस्टमा कोरोना पहिचान भएको थियो । कपिलवस्तु र रुपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएकी भक्तपुर निवासी एक नर्ससँगै पश्चिमका विभिन्न जिल्लामा कन्ट्याक्ट टे«सिङ गरेर फर्किएका ललितपुर बसोबास गर्ने टेकुका चिकित्सकमा समेत कोरोना संक्रमण पहिचान भएको छ ।
संक्रमित सुरक्षाकर्मी
लकडाउन कार्यान्वयन गराउन होस् या कोरोना संक्रमित मात्रै होइन सिमा नाकाबाट भित्रीनेहरुको सुरक्षाका लागि दिनरात तैनाथ छन् सुरक्षाकर्मी । कोरोना भाइरसबाट बच्न चोक तथा बजारमा निष्किएका सुरक्षाकर्मीमा एउटा माक्स र चस्माको भर छ । देशका बिभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा समेत तीनै सुरक्षाकर्मीले घेराबन्दीमै थेगिरहेका छन् । नेपालमा कोरोना संक्रमति बढ्दै जाँदा सुरक्षाकर्मीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको महानगरिय प्रहरी बृत्त कालिमाटीका एक प्रहरी सहायक निरिक्षक र एक जवानमा कोरोना संक्रमण देखियो । मंगलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ जसमा वृत्तभित्र ट्राफिक प्रहरीको कार्यालय तथा महिला ब्यारेक समेत रहेको छ । गत शनिबार पनि तीन जना सुरक्षाकर्मीमा कोरोना देखिएको थियो । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी जवान, नेपाली सेनाको मध्यपृतनामा कार्यरत सेनाका एक उच्च अधिकारी र सोही ठाउँमा कार्यरत अर्का एक सैनिकमा पनि कोरोना भाइरस संक्रमण भेटिएको थियो । अहिलेसम्म नेपाल प्रहरीका कपिलबस्तुमा २ काठमाडौंमा २ बारामा एक र धनकुटामा एक गरी ६ जनामा कोरोना पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका तीन, नेपाली सेनाका दुई र राष्ट्रिय अनुसन्धान विभागका एक जना गरी ११ जना सुरक्षाकर्मीमा कोरोना भेटिएको हो । केही दिनअघि पूर्वगृहमन्त्री भीम रावलका पिएसओ सशस्त्रका जवान बिदाबाट फर्केपछि जाँच गराउँदा कोरोना देखिएको थियो । सामूहिक रुपमा ब्यारेकमा बस्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि कोरोनाको उच्च जोखिममा छन । अझ ब्यारेकमा एउटा व्यक्तिमा मात्रै कोरोना देखिएको अवस्थामा त्यसले भयावह रुप लिन सक्ने अवस्था भएकोले थप सर्तकता अपनाउनुपर्ने देखिन्छ ।
संक्रमित सञ्चारकर्मी
लकडाउनको समयमा सबै घर–घरमा छन् । अत्याबश्यक काम बाहेक अन्य पेशाकर्मी र सर्वसाधारण घरभित्रै छन् । बिश्व घटना तथा नेपालका घटनाक्रम मात्रै होइनन कोरोना संक्रमितको जानकारी, खबरदारी र सचेतना फैलाउन सञ्चारकर्मी कोरोनाको त्रासमा पनि क्रियाशिल छन् । पलपलका खबर संप्रेशन गर्न कोरोना प्रभावित क्षेत्रमा समेत सञ्चारकर्मी खटिएका छन् । जोखिम मोलेरै समाचार संकलनका लागि खटिएका नेपालका ५ जना सञ्चारकर्मीलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । अहिलेसम्म पर्साको बीरगञ्जमा २, धनुषामा एक, बारामा एक र उदयपुरका एक जनामा कोरोना पोजेटिभ देखिएको हो । तीन कर्मी जो जनताको सेवामा निरन्तर खटिरहेका छन् उनीहरुमा कोरोना देखिएपछि नेपालमा कोरोनाले डरलाग्दो रुप लिने देखिन्छ । सचेत र जोखिमबाट बच्न सर्तकता अपनाइएपनि कोरोनाले कतिबेला कहाँ संक्रमण भयो ? पत्तै लागेको छैन् । जसका कारण सबैले कोरोना संक्रमण रोकथामका लागि थप सर्तकता अपनाउनुपर्ने देखिन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #सञ्चारकर्मी
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्