लिपुलेक,कालापानी समस्या नेपाल भारतको बिषय होः चीन
काठमाडौं ६ जेठ । लिपुलेक,कालापानीका बिषयमा नेपाल र भारतका बीचमा बिबाद चर्किरहेका बेला चीनले समेत मुख खोलेको छ । कालापानी सीमा विवाद नेपाल र भारतको सरोकारको विषय भएको चीनले बताएको हो । चीनले दुई छिमेकीले एकपक्षीय कदम बन्द गरेर मैत्रिपूर्ण संवादमार्फत आफ्नो विवाद हल गर्ने आशा पनि व्यक्त गरेको छ ।
नेपाल–भारत सीमा विवादबारे भारतीय सेनाका प्रमुख जनरल एमएम नरमानेले दिएको अभिव्यक्तबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्री झाओ लिजियानले यस्तो जवाफ दिएका हुन् । यसअघि नरभानेले नेपालले अरु कसैको उक्साहटमा आएर भारतले लिपुलेकमा गरेको सडक उद्घाटनको विरोध गरेको विवादास्पद अभिव्यक्त दिदै आएका छन् । यसअघि नेपाली भूमी हुँदै चीनसँग जोडिनेगरी भारतले निर्माण गरेको ८० किलोमिटर लामो सडकको उद्घाटन भारतीय रक्षामन्त्री राजनाथ सिंह गरेका थिए । नेपालले यस विषयमा कडा आपत्ति जनाएको छ । भर्खरै, सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरेर नयाँ नक्सा जारी गर्ने निर्णय समेत गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चीन
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्