Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो, कहाँ कहाँ भेटिए संक्रमित बिवरण सहित


काठमाडौं ६ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । मंगलबार मात्रै २७ जना नयाँ संक्रमित भेटिएका हुन् । बिहान मात्रै १५ जनामा कोरोना देखिएको थियो भने दिउँसो थप १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । केही नयाँ जिल्लामा समेत कोरोना पोजेटिभ देखिएको छ । ललितपुर, रामेछाप, सिन्धुली लगायतका जिल्लामा कोरोना फैलिएको छ । मंगलबार फेला परेका कोरोना संक्रमितको उमेर १७ देखि ४२ बर्षसम्म रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुन कुन जिल्लामा कति कोरोना संक्रिमित भेटिए त ?
झापामा ९
काठमाडौं ३
सुनसरी १
सर्लाहीमा २
ललितपुर १
भक्तपुर १
मकवानप्र १
कपिलबस्तु ४
नवलपरासी १
रामेछाप १
सिन्धुली १
लमजुंग १
मोरंग १
केही नयाँ जिल्लामा कोरोना संक्रमित थपिएसँगै यतिबेला सम्म ३६ जिल्लामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७ वटै प्रदेशमा कोरोना फैलिएको छ । कर्णाली प्रदेशको दैलेखमा कोरोना पोजेटिभ देखिएपछि सबै प्रदेश कोरोनाबाट प्रभावित भएका हुन् ।
कुन प्रदेशमा कति संक्रमित
प्रदेश १ मा ५४ जना
प्रदेश २ मा १३६ जना
बाग्मती प्रदेशमा २७ जना
गण्डकी प्रदेशमा ४ जना
प्रदेश ५ मा १७६
कर्णाली प्रदेशमा १
सुदुरपश्चिम प्रदेशमा ५
अहिलेसम्म पिसियार बिधिबाट कोरोना परिक्षणको संख्या ३२ हजार ६ सय ४ पुगेको छ । आरडीटीबाट ७४ हजार ६ सय ४९ परिक्षण गरिएको छ । नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको छ । जसका कारण थप जोखिम पैदा भएको छ । नेपालमा अहिलेसम्म २ जनाको कोरोनाकै कारण ज्यान गएको छ भने ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #३६ जिल्लामा फैलियो कोरोना

तपाईको कमेन्ट लेख्नुहोस्