Techie IT
  • ५ असोज २०८०, शुक्रबार
KhojPatrika

५ दिनमै थपिए १ सय ३८ संक्रमित, नेपालमा कोरोनाले भयावह रुप लिदैं


काठमाडौं ५ जेठ । नेपालमा ५ दिनमै १ सय ३८ जना नयाँ कोरोना संक्रिमित भेटिएका छन् । सोमबार एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । पछिल्लो पटक भेरी अस्पतालको प्रयोगशालाको परिक्षणबाट बाँकेमा ४७ जना, धुलिखेलेको प्रयोगशालाबाट धनुषा, रौतहट, दाङ र धादिङ स्थायी घर भएका एक\एक जना, भैरहवाको प्रादेशिक प्रयोगशालाको परिक्षणबाट गुल्मीका एक र विराटनगरको प्रयोगशाला परिक्षणबाट सोही स्थानका एक जनामा कोरोना पुष्टी भएको हो ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएपछि जोखिम थप बढ्ने आँकलन गरिदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार संक्रमित १८ देखी ४६ बर्ष उमेर समूहका छन् । उनीहरुको अवस्था सामान्य र चिकित्सकको सम्पर्कमा रहेका छन् । संक्रमित पहिचान भएका मध्ये २ सय ९८ पुरुष र ५९ जना महिला छन् ।

संक्रमित पहिचान भएको प्रदेश र संख्यात्मक अवस्था

अहिलेसम्म ६ प्रदेशका ३१ जिल्लामा कोरोना संक्रमितको पहिचान । प्रदेश १ मा ४० जना, प्रदेश २ का सबै जिल्लामा १ सय ३२ जना, बागमती प्रदेशमा १८ जना पहिचान हुँदा १ को मृत्यु, गण्डकीमा ३ जना, प्रदेश पाँचमा सबैभन्दा बढी १ सय ५९ जना पहिचान हुँदा एकको मृत्यु र सुदुरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण पहिचान । संक्रमित मध्ये ३६ जना उपचारपछि निको भएका छन् ।
संक्रमितको स्थायी ठेगाना र हाल बसोबास भएको ठेगानाको अन्यौलले जोखिम थप बढाउनेतर्फ सचेत हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बसोबास र स्थायी ठेगाना एकिन गर्ने जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ ।

फागुन मसान्तसम्म १ जनामात्रै संक्रमित पहिचान भएको नेपालमा चैत मसान्तसम्म १२ जनामा कोरोनाको संक्रमण पहिचान भएको छ । बैशाख मसान्तसम्म संक्रमितको संख्या दिनहु बढेर २ सय १९ पुगेकोमा, जेठ पाँच गनेसम्म १ सय ३८ जना थपिएर संक्रमितको संख्या ३ सय ५७ पुगेको देखिन्छ ।

संक्रमित थप बढ्ने आँकलन गरिदैगर्दा सरकारको रोकथाम र उपचारको तयारी भने निक्कै भद्रगोल र सुस्त देखिएको छ । क्वारेन्टाइन बस्न लायक नभएर भाग्नेहरु बढ्दा रोग पहिचान भएर आइसोलेसनमा बस्नेहरु समेत तातो पानी नपाएको, खानपानमा समस्या, सौचालय र बस्न समस्या भएको गुनासो गरिरहेका छन् । कतिपय कोरोना अस्थायी अस्पतालमा बिरामी भरिदा विद्यालय र मदरसामा राखेर उपचार गरिदै छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नयाँ कोरोना संक्रिमित

तपाईको कमेन्ट लेख्नुहोस्