एकातिर कोरोना संक्रमितको मुत्यु, अर्कोतिर घर जान पाउनुपर्छ भन्दै आन्दोलन
बाँके ४ जेठ । नेपालमा थप एक जना कोरोना संक्रमितको मुत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित नरैनापुरस्थित क्वारेन्टाइनमा मुत्यु भएका २५ बर्षिय युवामा कोरोना पोजेटिभ देखिएको होे । नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । गएराति उनको स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृत्यु भएको थियो । ज्वरो झाडापखाला लगायत समस्याहरु उनमा देखिएको थियो । कोरोना परीक्षणका लागि उनको स्वाब लिइएकोमा नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।
घर जान पाउनुपर्छ भन्दै आन्दोलन
बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित क्वारेन्टाइनमा रहेका युवकको मुत्यु भएपछि गाउँपालिकाको ब्यवस्थापन र प्रभावकारी तयारी नभएको भन्दै आन्दोलन गर्न थालेका छन् । त्यहाँ खटिएका स्वास्थ्यकर्मी अहेब दिनेश मौर्य, मटेहिया स्वास्थ्यचौकीका इन्चार्ज प्रेम बुढा दुबै जना क्वारेन्टाइन क्षेत्रमा थिएनन् । विहान पुगेका उनीहरुलाई क्वारेन्टाइनमा बसेका युवाहरुले भित्र पस्न नै दिएनन् । उनीहरुले आफ्नो साथीको सव त्यत्तिकै रहेको अवस्थामा आफुहरु खाना र नास्ता केहि नखाने र आफुलाई घर पठाउनु पर्ने माग क्वारेन्टाइनमा बस्नेहरुले माग गरेका छन् । क्वारेन्टाइनमै रहेका उनीहरु घर जान पाउनुपर्छ भन्दै आन्दोलन नै सुरु गरेपछि समस्या उत्पन्न भएको छ । अझ मृतकलाई कोरोना पोजेटिभ देखिएपछि सो क्षेत्र सिल गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #दुई जना कोरोना संक्रमितको मृत्यु
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्