बिश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, ७ हजार ६२ संक्रमित
काठमाडौं ४ जेठ । कोरोना भाइरस महामारीले बिश्वभर ९६ जना नेपालीको मुत्यु भएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार शनिबार ९१६ मे २०२०० साँझसम्म ९६ जनाको मुत्यु भएको छ भने ७ हजार ६२ संक्रमित छन् । सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
यस्तै, अमेरिकामा कोरोना कारण ज्यान गुमाउने नेपालीहरूको संख्या १५ पुगेको छ । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । कोरोनाकै कारण साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् ।
कुन कुन देशमा कति नेपालीको ज्यान गयो
बेलायत ६३
अमेरिका १५
युएइ ९
साउदी २
जापान १
टर्की १
बहराइन १
स्वीडेन १
नेदरल्याण्ड १
आयरल्याण्ड १
नेपालबाहेक विश्वभर छ हजार सात सय ८१ गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एसियामा ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । अस्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएको अनुमान गरेको छ । कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, युकेमा एक हजार दुई सय २१, बहराइनमा तीन सय ११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१ जना कोरोना संक्रमित छन् । यसैगरी, साउदी अरबमा छ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #९६ नेपालीको मृत्यु
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्