फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो
काठमाडौं २ जेठ । नेपालमा थप नौ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रयोगशाला काठमाडौं काठमाडौं, बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा नौ जनामा कोरोना संक्रमण देखिएको हो । पर्सा बीरगञ्ज निवासी ९, १० बर्षिय बालक, २३, ४७ बर्षिय महिला उदयपुर त्रियुगा नगरपालिका निवासी २४ बर्षिय पुरुष, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक तीन जना संक्रमित भेटिएका हुन् । त्यस्तै, काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने उपचारपछि निको भएर ३६ जना घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #दाङमा पहिलो पटक देखियो २ जनामा कोरोना
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्