Techie IT
  • २५ मंसीर २०८०, सोमबार
KhojPatrika

उपत्यकाका सिडियोको सुझावः सरकारी कार्यालय १५ दिन बन्द गरौं


काठमाडौं २ जेठ । सरकारले लकडाउन घोषणा गरेको आज ५३औं दिन । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सरकारी कार्यालय कम्तीमा १५ दिन बन्द गर्न सुझाव दिएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो सुझाव दिएको हो । प्रमुख जिल्ला अधिकारीहरुको यो सुझाव गृहमन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा पठाइएको छ ।
देशमा एकपछि अर्को गर्दै कोरोना संक्रमणका विरामी भेटिन थालेपछि सरकारले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेपछि अत्यावश्यक काम बाहेक बाहिर निष्किएका सर्वसाधारण सुरक्षाकर्मीको कारवाहीमा परेका छन् । बिहानैदेखि बिभिन्न चेक पोष्टमा सवारी साधनहरु सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । त्यस्तै, उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृह मन्त्री रामबहादुर थापा ’बादल’लाई पनि उपत्यकाको आवत जावतमा कडाइ गर्न माग गरेका छन् । मन्त्रालयमा गृह मन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन वटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा कडाई पार्न माग गरेका हुन । उनीहरुले उपत्यकावासीले सरकारले गरेको निर्णयलाई पालना गरिरहेपनि बाहिरबाट आउने केही व्यक्तिका कारण त्रास फैलिएको बताएका थिए । उपत्यकाका नाकामा कडाइ गर्नेभन्दा पनि प्रस्थान बिन्दुबाटै आवत जावतलाई रोक्न गृहमन्त्री थापालाई मेयरहरुले आग्रह गरेका छन् । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर र उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमले सरकारलाई यसअघि नै उपत्यका प्रवेशमा कडाइ गर्न माग गर्दै आएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #उपत्यकाका सिडियो

तपाईको कमेन्ट लेख्नुहोस्