काठमाडौं, धनुषा र धादिङका तीन जनामा कोरोना पोजेटिभ
काठमाडौं १ जेठ । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ८ बजेर ३० मिनेटमा गरिएको अध्यावधिक अनुसार काठमाडौं, धनुषा र धादिङका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । सबैको स्वाथ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, देशभर २२ हजार ६ सय ६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन गदै बितेको २४ घण्टामा १३ सय ६३ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको र नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परीक्षण गरिएको छ । यस्तै, हालसम्म आरडीटी विधिबाट ६२ हजार ३ सय २७ जनाको परीक्षण भएको छ । यो परीक्षण गत चैत १९ देखि सुरु भएको थियो । क्वारेन्टाइनमा १५ हजार ६ सय जना रहेका छन् भने देशभर क्वारेन्टाइन बेडको संख्या ५३ हजार ८ सय ३५ रहेको छ । आइसोलेशनमा २ सय ७२ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #तीन जनामा कोरोना संक्रमण
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्