काठमाडौंमा पनि थपिदैं कोरोना संक्रमित, संक्रमितको संख्या २४५ पुग्यो
काठमाडौं १ जेठ । थप सर्तकता नअपनाउँदा काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिन थालेका छन् । काठमाडौँको चन्द्रागिरीका ३२ वर्षे पुरुषमा कोरोना संक्रमित भएको छ । बुधबार पनि एक काठमाडौं र भक्तपुरमा एक जना कोरोना संक्रमित भेटिएका थिए । बिहिबार बिहानै थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २४५ पुगेको छ। मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार काठमाडौँ एक जना र कपिलवस्तुकी ६ वर्षकी बालिकामा जनामा कोरोना पोजेटिभ देखिएको हो । दुवै जनाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्