नेपालमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं ३१ बैशाख । नेपालमा थप २४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । रुपन्देहीका १२, कपिलबस्तुमा ८, पर्सामा ३, नवलपरासीमा १ जनामा कोरोना पोजेटिभ देखिएको हो । रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३,४१ बर्षिय पुरुषहरु र ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ। कपिलबस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ बर्षिय पुरुष पर्सा निवासी ३६, ७४ बर्षिय पुरुष र ३६ बर्षिय महिलामा कोरोना पुष्टि भएको हो । त्यस्तै, नवलपरासीका ३६ बर्षिय पुरुष पनि कोरोना संक्रमित भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको संख्या २४३ पुग्यो
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्