नेपालमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं ३१ बैशाख । नेपालमा थप २४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । रुपन्देहीका १२, कपिलबस्तुमा ८, पर्सामा ३, नवलपरासीमा १ जनामा कोरोना पोजेटिभ देखिएको हो । रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३,४१ बर्षिय पुरुषहरु र ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ। कपिलबस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ बर्षिय पुरुष पर्सा निवासी ३६, ७४ बर्षिय पुरुष र ३६ बर्षिय महिलामा कोरोना पुष्टि भएको हो । त्यस्तै, नवलपरासीका ३६ बर्षिय पुरुष पनि कोरोना संक्रमित भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको संख्या २४३ पुग्यो
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्