सीमा नाकामा केही अलपत्र, केही लुकिछिपी प्रबेश, ह्वात्तै बढ्यो संक्रमित संख्या

काठमाडौं ३० बैशाख । कोरोना महामारीको जोखिम कम गर्न भन्दै सरकारले लकडाउन गरेको ५० दिन पुग्यो । देशभर मानिसहरु घरभित्रै छन् । अत्यावश्यक बाहेक आवात–जावत पूर्ण रुपमा बन्द छ । तर, नेपाल भारत सिमा नाकामा कडाई गर्न नसक्दा लुकीछिपी भित्रिनेहरुको संख्याले कारोनाका संक्रमित ह्वात्तै बढाएको छ । पछिल्लो समय नेपालमा भेटिएका कोरोना संक्रमित हेर्दा नेपाल भारत सिमा नाका हुँदै लुकीछिपी नेपाल भित्रिएका ब्यक्ती छन् । भारतको क्वारेन्टाइनमा बसेर नेपाल फिर्ता भएका ब्यक्तीहरुमा पनि कोरोना पोजेटिभ देखिएपछि संक्रमितको संख्या एक दुई दिनमै ह्वात्तै बढेको छ । भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु लुकिछिपि घर फर्किदा कोरोना रोकथामका लागि गरिएको लकडाउन पनि प्रभावकारी देखिएको छैन् । हरेक दिन जस्तो बाँकेको सीमा नाका मात्रै होइन, ५ नम्बर प्रदेशको रुपन्देही, कपिलबस्तु लगायतका सीमा नाकामा नेपालीको भीड बढिरहेको छ । लुकिछिपि दिनहुँ सयौँ मानिसहरु स्वदेश फर्किरहेका छन् । केही नेपालीहरु त सिमा नाकामै रोकिएका कारण बस्न र खान समस्या भएको दुखेसो पोखिरहेका छन् ।
प्रदेश नम्बर २ को वीरगञ्ज, जलेश्वर, गौर लगायतका नाकासँगै प्रदेश १ को काकडभिट्टा धुलावारी क्षेत्रमा समेत स्वदेश फर्किनेहरुको भीडभाड देखिन्छ । केही समयअघि कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी हुँदै सुदुरपश्चिम प्रदेशमा भित्रिएका नेपालीमा कोरोना देखिएको थियो । ती नाकाहरुमा क्वारेन्टाइन नै बनाएर नेपालीहरुलाई राखेर स्वदेश ल्याइएको थियो । नाका क्षेत्रमा मात्रै होइन, खुल्ला सीमाको फाईदा उठाउँदै लुकिछिपि स्वदेश फर्किनेहरु समेत पश्चिमदेखी पूर्वसम्म हजारौँ छन् । यसरी आउने मध्ये केही मात्रै छिमेकीको दबाबमा क्वारेन्टाइन पुगेका छन् । निक्कै कमको मात्रै स्वास्थ्य अवस्थाको एकिन भएको छ ।
भारतबाट लुकिछिपि भित्रिएकाहरुकै कारण ५ नम्बर र दुई नम्बर प्रदेश अहिले कोरोनाको इपिसेन्टर जस्तै बनेको छ । लकडाउन चलिरहँदा भारतीय प्रहरीले नेपालीलाई नाकासम्म आउन सहजै दिएका कारण नेपालीहरु सीमा नाकामा आएर थुप्रिएका छन् । सरकारले नाकामै रोक्नु भन्ने निर्देशन दिएको छ । गृहमन्त्रालय पनि नाका कडाई गरिरहेको दाबी गरेको छ । तर, लुकीछिपी आउनेहरुको संख्यामा कमी आएको छैन् । नेपाल र भारतको सिमा नाकामा यतिबेला हजारौं नेपाली रोकिएका छन् । उनीहरुलाई बस्न र खान समेत कठिनाई भएको गुनासो बढिरहेको छ । सरकारले सिमा नाकाबाट प्रबेश गर्ने नेपालीहरुलाई क्वारेन्टाइनमा राखि परिक्षणको दायरा नबढाउने हो भने कोरोना संक्रमणको भयाबह स्थिति आउने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्