लिपुलेकबारे संसदमै परराष्ट्रमन्त्रीलाई प्रश्नै प्रश्न
काठमाडौं २८ बैशाख । भारतले नेपालको भूमी लिपुलेक हुँदै मानसरोरसम्म पुग्ने सडक बनाएको बिरोमा प्रतिनिधि सभा बैठक तातिएको छ । आइतबार प्रतिनिसभाको बैठकमा सांसदहरुले भारतीय अतिक्रमणको विरोध गर्दै नेपाली भूमिमा भारतले गरेको अतिक्रण तत्काल रोक्न सरकारसँग माग गरेका हुन् । सांसदहरुले सरकारलाई ठोस योजनासहित समस्या समाधानका लागि पहल गर्न आग्रह गरे । सांसदहरुल भारत र चीनको सहमतिमै नेपाली भूमि अतिक्रमण भएको भन्दै चीनलाई समेत आपत्ति प्रकट गर्न र कुटनीटिक नोट तत्काल पठाउन सुझाव दिए । सात्तारुढ नेकपाका सांसद जनार्दन शर्माले चीनसँग पनि नेपाली भूमि अतिक्रमणबारे संवाद गर्न सुझाव दिए । कूटनीतिक माध्यमबाट मात्र समस्याको समान हुन नसक्ने भएकाले अरु उपाय खोज्न शर्माको आग्रह थियो । त्यस्तै राजपाकी सांसद सरीता गिरी पनि नेपाली भूमि अतिक्रमणबारे चीनसँग पनि कुरा गर्नुपर्ने बताइन्। भारतसँगको सीमा विवाद ९० प्रतिशत समाधान भए पनि दश प्रतिशतमा किन रोकियो भन्दै प्रश्न गरिन्।त्यस्तै राजपाकै सांसद अनिल झाले सीमा विवादको समाधान कूटनीटिक माध्यमबाटै समाधान गर्ने कि सैन्य उपाय पनि अबलम्बन गर्ने भन्दै सरकारको धारणा माग गरे। कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले भारतीय पक्षले नेपाली भूमी अतिक्रमण गरेर सडक बनाइ रहेको कुरा सरकारलाई जानकारी भए पनि कन चुप लागेको बसेको भन्दै आपत्ति जनाए। सांसद महन्थ ठाकुरले अतिक्रमित भूमिमा नेपालले उपस्थित जनाउनु पर्ने बताए। जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतीय अतिक्रमणको विषयालाई अन्तर्राष्ट्रिय करण गर्न माग गरिन्। राप्रपाका सांसद सांसद राजेन्द्र लिङ्देनले सरकारलाई २०१२ मै थाहा भए पनि अहिलेसम्म के हेरर बस्यो भन्दै प्रश्न गरे। नेकपा सांसद भीम रावलले भारतीय सेना नेपाली भूमिबाट तत्काल फिर्ता पठाउन माग गरे। उनले भने, ‘सेना फिर्ता गर्न सरकारले के गरिरहेको छ नेपाललाई आफ्नो भूमी राखेर नक्सा सार्वजनिक गर्न केले रोक्यो भन्दै प्रश्न गरे । कांग्रेस सांसद मिनेन्द्र रिजाल कूटनीतिक नोटले मात्र नपुगेकाले समाधानको उपाय संसदमा ल्याए आफूहरु सहयोग गर्न तयार रहेको उल्लेख गरे। गगन थापाले रक्षामन्त्री ईश्वर पोखरेलले त्यस क्षेत्रको भ्रमण गर्दा पनि समस्याबारे सरकार गम्भीर नभएको प्रति आपत्ति जनाए । सांसद सुरेन्द्र पाण्डले यस्ता समस्या समाधानका लागि निरन्टर प्रयास जारी राख्न ध्यानाकर्षण गराए। उनले सरकारले खास खास घटनामा मात्र नोट दिएर भएन। नियमित रुपमा समस्या समाधानका लागि पहल गरिनुपर्छ, पाण्डे अगाडि भने, ‘यसका लागि सरकारले नियमति के गर्ने योजना बनाइ रहेको छ।
त्यस्तै, भारतले अतिक्रमण गरेको भूमी फिर्ता ल्याउनु पर्ने मागसहित सत्तारुढ नेकपाका सांसदहरुले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन्। आइतबार नेकपाकै ६ जना सांसदले संयुक्त रुपमा नेपालको पश्चिमी सिमाना दार्चुला जिल्लामा अतिक्रमित भूमिफिर्ता ल्याउन माग गर्दै प्रस्ताव दर्ता गरेका हुन्। संकल्प प्रस्तावमा दार्चुलकै सांसद गणेश ठगुन्ना, डा। दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी छन्। प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरिसकेको अवस्थामा विवाद नगरी नेपालले आफ्नो उपस्थिति देखाउनु पर्ने उल्लेख छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्