१५ जिल्लामा देखियो कोरोना संक्रमण, यी हुन् ६ प्रदेशका जोखिमयुक्त जिल्लाहरु

काठमाडौं २६ बैशाख । सरकारले उच्च सर्तकता अपनाउन नसक्दा नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेको छ । सिमा नाकामा कडाई गर्न नसक्दा लुकीछिपी भारतबाट आएका कपिलबस्तुका दुई जनामा कोरोना पोजेटिभ देखियो । नेपालगञ्जमा संक्रमित हुन् या कैलालीका उनीहरु पनि सीमा नाका हुँदै लुकेर नेपाल प्रबेश गरेका ब्यक्तीहरुमा कोरोना पोजेटिभ देखिएपछि सिमा नाका खुकुलो देखिएको छ । कपिलबस्तुमा संक्रमित भेटिएपछि नेपालका ६ वटा प्रदेशका १५ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यतिबेला सम्म कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका बिभिन्न जिल्लामा कोरोना संक्रमण देखिएको हो ।
कुन–कुन जिल्लामा कति संक्रमित भेटिए त ?
–उदयपुरमा २८ जना
उपचारपछि निको भएर घर फर्किनेको संख्या ६
–पर्सामा २४ जना
उपचारपछि निको भएर घर फर्किनेको संख्या ३
–बाँकेको नेपालगञ्जमा २३ जना
–काठमाडौंमा ५ जना
उपचारपछि निको भएर ५ जना नै घर फर्किएका छन् ।
–कैलालीमा ४ जना
उपचारपछि निको भएर घर फर्किनेको संख्या ३
–रौतहटमा ३
उपचारपछि निको भएर घर फर्किनेको संख्या १
–बाग्लुङमा २
उपचारपछि निको भएर २ जना नै घर फर्किएका छन् ।
–बारामा २ जना
–चितवनमा २ जना
उपचारपछि निको भएर घर फर्किनेको संख्या १
–झापामा २ जना
–कपिलबस्तुमा २ जना
–भोजपुरमा १ जना
–धनुषामा १ जना
–कञ्चनपुरमा १ जना
उपचारपछि निको भएर घर फर्किनेको संख्या १
–रुपन्देहीमा १ जना
हालसम्म उदयपुरमा सबैभन्दा बढी अर्थात् २८ जनामा कोरोना देखिएको छ जसमा ६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उदयपुरपछि पर्सामा २४ जनामा कोरोना पोजेटिभ देखिएको छ भने बाँकेको नेपालगञ्जमा २३ जनामा कोराना संक्रमण देखिएको छ । ६ वटा प्रदेशका १५ जिल्लामा कोरोना संक्रमण फैलिदा समेत सरकारको परिक्षण गर्ने गति भने बढ्न सकेको छैन् । अझ् बिभिन्न अस्पतालले किटको अभाव भयो सामग्री पठाइदेउ भन्दै सरकारसँग हारगुहार गर्नुपर्ने अवस्था छ । किट अभावका कारण पिसिआर परीक्षण पनि घटेको छ । दैनिक एक हजारदेखि १५ सयसम्म हुँदै आएको पिसिआर परीक्षण हाल दुई सयको हाराहारीमा झरेको छ । बिहीबार भने चार सय १५ नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले गरेको खरिद प्रक्रियामा विवाद भएपछि सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री खरिद गर्ने र त्यसको समन्वय सेनाले गर्ने निर्णय गरेको थियो । तर, प्रक्रिया थालिसकेको बताउँदै आएको सेनाले समेत स्वास्थ्य सामग्री ल्याउन सकेको छैन् । केही दिन रोकिए जस्तो देखिने कोरोनाको संक्रमण बिभिन्न जिल्लामा त ह्वात्तै बढेको छ । परिक्षणले गति लिन नसक्दा कोरोना पोजेटिभ कम देखिएको गुनासो स्वयम् चिकित्सकहरुले बताइरहेका छन् । कोरोना संक्रमण जिल्ला–जिल्लामा फैलिदा काठमाडौं उपत्यकामा भने लकडाउन खुकुलो भएको देखिन्छ । लकडाउनको ४६ औं दिन पुग्दा अन्यदिन भन्दा शुक्रबार झनै सवारी साधन मात्रै होइन सर्वसाधारणको आवत–जावत समेत बाक्लिएको देखिन्छ ।।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कति संक्रमित
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्