लकडाउन उलंघन बढ्दो, ४४ क्षेत्र शर्त सहित खुल्ला
काठमाडौं २६ बैशाख । आज लकडाउनको ४६ औं दिन । काठमाडौं उपत्यकामा बिहानै दैनिक उपभोग्य बस्तु खरिद गर्नेहरुको भिड लागेको छ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा लकडाउन उलंघन गर्ने क्रम बढेको छ । बिहानै मानिसहरु अत्याबश्यक काम बिना चोक तथा सडकमा हिडिरहेका देखिन्छन् । सवारी साधन पनि केही चलेको देखिन्छ । तर, सुरक्षाकर्मीले अत्याबश्यक काम बाहेक बाहिर निष्किएका सर्वसाधारणलाई सडकको छेउमै ४ घण्टा उभ्याएर कारबाही गर्ने नीति लिएको छ । पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राखिने प्रहरीले जनाएको छ । यस्तै, सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरेपनि आजदेखि शर्तसहित विकास निर्माणका काम खुला गर्ने भएको छ । लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न दिने भएको छ । साथै विकास आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामाग्रीको ढुवानी गर्न पाइने भएको छ । न्यूनतम कर्मचारीको ब्यवस्था गरी बैंकिङ तथा वित्तीय संस्था सञ्चालन गर्न पनि दिइने भएको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने छैन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #लकडाउनको ४६ औं दिन
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्