लकडाउन उलंघन बढ्दो, ४४ क्षेत्र शर्त सहित खुल्ला
काठमाडौं २६ बैशाख । आज लकडाउनको ४६ औं दिन । काठमाडौं उपत्यकामा बिहानै दैनिक उपभोग्य बस्तु खरिद गर्नेहरुको भिड लागेको छ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा लकडाउन उलंघन गर्ने क्रम बढेको छ । बिहानै मानिसहरु अत्याबश्यक काम बिना चोक तथा सडकमा हिडिरहेका देखिन्छन् । सवारी साधन पनि केही चलेको देखिन्छ । तर, सुरक्षाकर्मीले अत्याबश्यक काम बाहेक बाहिर निष्किएका सर्वसाधारणलाई सडकको छेउमै ४ घण्टा उभ्याएर कारबाही गर्ने नीति लिएको छ । पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राखिने प्रहरीले जनाएको छ । यस्तै, सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरेपनि आजदेखि शर्तसहित विकास निर्माणका काम खुला गर्ने भएको छ । लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न दिने भएको छ । साथै विकास आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामाग्रीको ढुवानी गर्न पाइने भएको छ । न्यूनतम कर्मचारीको ब्यवस्था गरी बैंकिङ तथा वित्तीय संस्था सञ्चालन गर्न पनि दिइने भएको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने छैन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #लकडाउनको ४६ औं दिन
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्