आजदेखि बजेट अधिबेशन

काठमाडौं २६ बैशाख । आजदेखि संघीय संसद्को छैटौँ अधिवेशन शुरु हुँदैछ । बजेट अधिवेशनका रुपमा समेत लिइने अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । ४ बजे बोलाइएको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिने लगायतका कार्यसूची तय गरिएको छ । यसैबीच कोरोना भाइरसको त्रासका बीच संसदको बर्षे अर्थात बजेट अधिवेशनका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका सवै सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब परिक्षण गरिने भएको छ । बिहीबार २ सय ३ जना सांसदसहित ४ सय ३३ जनाको कोरोना परीक्षण गरिएको छ । प्रतिनिधि सभातर्फका १ सय ७० र राष्ट्रिय सभातर्फका ३३ जना सांसदको परिक्षण गरिएको हो । बाँकी सांसद र कर्मचारीको पनि कोरोना परिक्षण बिहान ८ बजेदेखि संसद भवनमा सुरु भएको छ । बैठकमा कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट देखाएर मात्रै संसद बैठकमा प्रबेश गर्न पाइने छ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बजेट अधिबेशन
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्