एकै दिन थप १७ जनामा कोरोना पोजेटिभ,संक्रमितको संख्या ९९ पुग्यो
काठमाडौं २४ बैशाख । नेपालमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । पर्साको बीरगञ्जमा एकै दिन १७ जनामा कोरोना पोजेटिभ देखिएपछि नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमित मध्ये एक जना त दुई महिने शिशु पनि छन् । राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटामा पोजेटिभ देखिएको हो । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको प्रवक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए । यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा फेरि पोजेटिभ देखिएको छ । उनीहरुलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन् । अहिले उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ । एकै दिन १७ जनामा कोरोना पोजेटिभ देखिएपछि बिरञ्जमा थप सकर्तकता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #संक्रमित
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्