Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

एक ब्यक्तीबाट समुदायस्तरमा कोरोना, नेपालगञ्जमा त्रास


काठमाडौं २२ बैशाख । चार महिना अघि नेपाल भित्रिएको कोरोना कहिले सुस्त त कहिले तिब्र गतिमा देखापरिरहेको छ । आइतबार मात्रै नेपालगञ्ज क्षेत्रका १५ जनामा कोरोना पहिचान भएसँगै त्रासदी थप बढेको छ । कहिले काठमाडौं त कहिले कैलाली, बाग्लुङ अनि धादिङ । कहिले पर्सा, बारा, रौतहट अनि उदयपुर त कहिले चितवन । कोरोनाको संक्रमण सात प्रदेश मध्ये ६ प्रदेशमा पहिचान भैसकेको छ । पछिल्लो समय एउटै स्थानमा ठूलो संख्यामा संक्रमित पहिचान हुँदा, त्यो पनि संक्रमितबाट सरेको अवस्थामा देखापर्दा त्रास बढिरहेको छ । हो, आज हामी आइतबार एकैदिन १५ जना कोरोना संक्रमित पहिचान भएको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा त्रास फैलिएको छ ।

करिब एक साता अघि बांके जिल्लामा गठन गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण अप्रेशन टिम, कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले क्यारेन्टाइनमा बसेका आशंकित ब्यक्तीसँगै धर्मीक गुरु तथा अगुवाहरुको सम्वन्धीत ठाउँमै गएर स्वाव संकलन र परिक्षण गर्ने रणनीति बनायो । शङ्काको आधारमा परीक्षणको दायरा बढाउँने रणनीति अनुसार नै शुक्रबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ डिएसपी रोडका एक ६० बर्षिया पुरुषमा कोरोना पहिचान भयो । जिल्ला स्वास्थ्य कार्यालय बाके र सुरक्षा निकायले अन्यमा समेत संक्रमण हुनसक्ने शंकाको आधारमा संक्रमित व्यक्ति कता कता गएका थिए, अनि को कससँग भेटे भन्ने कन्ट्याक्ट ट्रेसिङको आधारमा मदरसाआसपासका ९० जनाको स्वाब संकलन गरे । शनिवार नमुना सङ्कलन गरिएका ५५ जनाको नतिजा आउँदा नै १५ जना संक्रमित पहिचान भएका छन् । ३५जनाको नतिजा आउन बाँकी रहेको बताइएको छ । आइतवार मात्रै पनि संकास्पद थप १५ जनाको स्वाब सङ्कलन गरेर परिक्षण गरिएको छ । नेपालगञ्जको यो घटनाबाट स्वास्थ्यकर्मीहरुले सङ्क्रमितहरू थाहा पाएर वा नपाएर लुकेर बस्दा अनि कुनैपनि लक्षण नदेखिदा पहिचान गर्न मुस्किल भैरहेको अनुभवन हासिल गरेका छन् ।

नेपालगञ्जमा पहिचान भएका १६ जना संक्रमितको अहिले बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । कोरोनाका सम्भावित संक्रमितको पहिचान गर्न यो क्षेत्रमा सुरक्षाकर्मीले समेत स्थानीय सरकार र स्वास्थ्यकर्मीलाई सघाउँदै आएको छ । बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासि धेरै सङ्क्रमित देखिएका छन भने स्थानीयमा त्रासदी समेत बढेको छ । वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि संक्रमण पहिचान हुन थालेपनि जनशक्ति अभावले बिहान ८ बजेदेखि राति १२ बजेसम्म १०० वटा नमुना परीक्षण गर्न सकिने पूर्ण क्षमताअनुसार सञ्चालन हुन सकिरहेको छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँके शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदा सङ्क्रमित फेला परेको दाबी गर्दै परिक्षणको दायरा थप बढाउनुपर्ने निष्कर्षमा पुगेको छ । आईतबार पहिचान भएका १५ जना संक्रमित शुक्रबार पुष्टि भएका ६० वर्षीय सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्ति भएको खुलेपनि केकसरी संक्रमण फैलियो भन्नै एकिन भएको छैन ।
आखिर को हुन त नेपालगन्ज क्षेत्रमा कोरोनाको त्रास बढाउने पहिलो संक्रमित ?
शुक्रबार कोरोना पहिचान भएका ६० बर्षिया पुरुष चैत्र १० गते भारतबाट नेपाल आएको खुलेको छ । बाँकेको जमुनाह नाकाबाट उद्धार गरेर महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका करिब ६ सयमध्ये आँधा व्यक्ति बस्ने खाने राम्रो व्यवस्था नभएको भन्दै भाग्दा उनी पनिसँगै भागेका थिए ।

वडा नम्बर ७ डिएसपी रोडका बासिन्दा उनी हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारीमस्जिद पुग्थे । साथै, मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । उनलाई कहाँबाट कसरी कोरोना संक्रमण भयो अनि कसरी समुदायमा संक्रमण फैलियो भन्ने एकिन भएको छैन । सयौँको भीडबाट नेपाल छिरेका यी एक्ला व्यक्तिमा मात्रै कोरोनाको संक्रमण थियो वा अन्यले पनि जोखिम बढाइरहेका छन् ? यसकारे सरकारसँगै सबै सरोकारवाला चनाखो र सचेत बन्नुपर्छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेपालगञ्जमा त्रास

तपाईको कमेन्ट लेख्नुहोस्