नेपालगंजमा धमाधम कोरोना संक्रमित भेटिएपछि बाँकेजिल्लाभर शिलबन्दी
काठमाडौं २२ बैशाख । नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ । पहिलो पटक बिहान ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । साँझ फेरि थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । अन्य व्यक्तिहरुको पनि पीसीआर परीक्षण भैरहेको छ । संक्रमित व्यक्तिहरुको सम्र्पक ट्रेस गर्ने काम पनि भैरहेको छ । संक्रमण देखिएका सबै एउटै टोलका हुन् । स्थानीय प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी चोक र एकलैनी क्षेत्रलाई पूर्णरुपमा सिल गरिसकेको छ । यस्तै, बीरगन्जमा पनि एकजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । देशका अधिकांश स्थानका प्रयोगशाला कोरोना परिक्षणको किट लगायतका सामाग्री अभावको सामना गरिएका छन् । भएका ल्याबमा समेत आवश्यकता अनुसार किट लगायतका सामाग्री पर्याप्त छैनन भन्ने गुनासो छ । भारतसहित विभिन्न मुलुकबाट लाखौँ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु मध्ये एक दुई प्रतिशत मात्रै कोरोना परीक्षणको दायरामा आएका छन् । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु केही ल्याबको कमजोरीका कारण घर फर्किएपनि कोरोना पोजेटिभ पहिचान हुँदा समस्या बढिरहेको छ । जतिसक्दो धेरैलाई परिक्षणको दायरामा ल्याएर कोरोनाको पहिचान तथा उपचार गर्नुपर्नेमा किट अभावका कारण गर्नैपर्ने आवश्यकता ठानिएका व्यक्तिको समेत परिक्षण र नतिजा आउन ढिलाई भैरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्