एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं २१ बैशाख । नेपालमा थप १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । एकै दिन बाँकेको नेपालगञ्जमा ९ र पर्सामा एक जनामा कोरोना पोजेटिभ देखिएको हो । आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । एकै दिन दश जना संक्रमित भेटिएपछि थप जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पिसिआरबाट १३ हजार ४ सय १४ जनाको परिक्षण भएको छ । त्यस्तै, आरडिटीबाट ४९ हजार ६ सय ८८ जनाको परिक्षण गरिएको छ । आरडीटीको प्रदेश अन्र्तगत १ मा ५ हजार ४ सय ९९, २ मा ५ हजार ७ सय ९ जना, बागमती प्रदेशमा ८ हजार ५ सय १५, गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४ जनाको परिक्षण गरिएको छ । त्यस्तै, प्रदेश ५ मा ४ हजार ४ सय ९२, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदुरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ जनाको परिक्षण गरिएको छ । यतिबेला देशभर २१ हजार ९ सय क्वारेन्टाइनमा रहेका छन् । आइसुलेसनमा ७७ जनालाई राखिएको छ । हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । ४४ जनाको उपचार भइरहेको छ । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । ६ वटा प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । हिजो संक्रमित नभेटिएपछि एकै दिन दश दिनमा कोरोना पोजेटिभ देखिएपछि थप त्रास फैलिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #थप १० जनामा संक्रमण
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्