बैशाख २६ गते वजेट अधिवेशन बोलाउने सरकारको निर्णय
काठमाडौं २१ बैशाख । सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ। बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ। जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकाले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गर्ने गरी संसदको बैठक कक्षको व्यवस्थापन गरिएको छ। केही दिनअघि प्रधामनन्त्री केपी शर्मा ओलीले बैठक कक्ष अवालोकण गरेका थिए ।

क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #वजेट अधिवेशन
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्