यो बर्ष बिहे गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् बिबाहका लगन कुन महिना कति
काठमाडौं २१ बैशाख । बिवाहका लागि उमेर पुगेका युवा त युुवतीहरुको सोचाई हुन्छ यो महिना बिबाह गर्छु । प्रेम सम्बन्धमा रहेका जोडीहरुको पनि बिबाहका लागि उपयुक्त महिना र लगन चाहिन्छ । भागी बिहे गरेका हुन् या मागी बिहे गर्ने सोचमा रहेका हुन् अधिकांशले बिहेको लगन हेरेकै हुन्छन् । अझ धर्मप्रति आस्थावान रहेकाका लागि त झनै लगन नभई हुदैन । बर्ष २०७७ मा पनि उमेर पुगेका युवा युवतीले बिहे गर्ने लगन खोजीरहनुभएको छ भने पक्कै लगन हेर्दे हुनुहुन्छ होला । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं ०७७ मा जम्मा १८ वटा मात्र लगन निस्किएका छन् । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सात वटा लगन निस्किएको थियो । तर, लकडाउनका कारण यो महिना धेरैले बिहे गर्न पाएनन् । वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लगन थियो । तर, केही बिहे भएपनि लकडाउनका कारण समस्या पार्यो । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका क्रममा यी सबै लग्न सकिन थालेका छन् । यसैगरी, जेठको ४, ५, १० र ३१ गते गरी चार वटा लगन छन । असारमा ११, १३ र १४ गते तीन वटा मात्र लगन छन । मंसिरको १६, २१, २२ र २६ गते गरी चार वटा मात्र लग्न निस्किएका छन् । यो वर्ष मंसिरपछि विवाहको लगन नै छैन । माघ र फागुनमा वृहस्पति एवं शुक्र ग्रह अस्त हुने भएकाले विवाहको लगन ननिस्किएको हो । यस वर्ष जेठ १७ गते शनिबार पश्चिममा शुक्र अस्त भई २६ गते सोमबार पूर्वमा उदय हुन्छ । यसैगरी, माघ ४ गते आइतबार वृहस्पति पश्चिममा अस्त भई फागुन २ गते आइतबार नै पूर्वमा उदाउने छ । माघ ३० गते शुक्रबार शुक्र पूर्वमा अस्त भएपछि २०७८ लागेपछि मात्र उदाउने भएकाले यस वर्ष माघ र फागुनमा विवाह एवं व्रतबन्धका साइत छैनन् । चैतमा व्रतबन्धको साइत नै छैन । बृहस्पति गुरु,शुक्र अस्त भएका बेला गृहप्रवेश, घर निर्माण आरम्भ गृहआरम्भ, सप्ताह श्रवण, यज्ञयागादिलगायत शुभकर्म पनि गर्नुहुँदैन । गुरु, शुक्र अस्तका बेला नित्य रूपमा गरिने पूजा, पाठ, जप आदि गर्नुहुन्छ, यसैगरी नैमित्तिक रूपमा गरिने श्राद्ध, काजक्रिया, बालक जन्मँदा जातकर्म गर्नुहुन्छ, कुनै फलको कामना राखेर गरिने काम्य कर्म गर्नु हुँदैन, यसैले विवाह, व्रतबन्ध, गृह प्रवेश, गृहारम्भको साइत नदिइएको बताइएको छ । विगतका वर्षमा माघ र फागुनमा समेत विवाहको मुहूर्त हुन्थ्यो । महिनाका हिसाबले सबैभन्दा बढी बिबाह गर्ने भनेको मंसिर,माघ र फागुनमा हो । तर, यसबर्ष माघ र फागुनमा बिहेका लगन नै छैनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बिबाह
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्