नेकपामा समिकरण बदलियो, भत्कियो भैंसेपाटी गठबन्धन
काठमाडौं २० बैशाख । सत्तारुढ दल नेकपाको समिकरण बदलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध आवाज उठाउन भैंसेपाटीमा गरिएको गठबन्धन भत्किएपछि समिकरण बदलिएको हो । भैैसेपाटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र बिष्णु पौडेल सहभागि थिए । सचिवालयमा रहेका ६ जना सदस्यले नै प्रधानमन्त्री ओलीको बिकल्प खोज्ने निर्णय गरेको थियो । भैंसेपाटी बैठकले झस्किएका प्रधानमन्त्री ओलीले गठबन्धन भत्काउन सफल भएका छन् । बुधबारको बैठकमा उपाध्यक्ष गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीले गरेपछि गठबन्धन भत्किएको हो । तर, तत्काल प्रधानमन्त्री बनाउन सहज नभएपछि प्रधानमन्त्री ओलीले गौतमलाई उपप्रधानमन्त्री बनाउने अर्को प्रस्ताव पनि गरेका छन् र राष्टिय सभामा मनोनित गर्ने प्रधानमन्त्रीले प्रस्ताव गरेपछि अव सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा बहुमत पुगेको छ । अव प्रधानमन्त्री ओलीको पक्षमा महासचिव पौडेल, इश्वर पोखरेल, रामबहादुर थापा बादल र गौतम भएका छन् । प्रचण्ड, नेपाल, खनाल र श्रेष्ठ चार जनाको गठबन्धन रहन्छ । जसमा ओलीको पक्षमा ५ जना भएका छन् । ९ सदस्यीय सचिवालयमा प्रचण्ड नेपाल समूहको बहुमत पुग्ने भएकाले ओलीलाई सरकारबाट राजीनामा दिन लगाउने र स्थायी समिति बैठक बोलाउन लगाउने निर्णय गर्न बाध्य बनाउने रणनीति भएपनि समिकरण बदलिएपछि सो निर्णय नहुने देखिएको छ । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल समेत प्रचण्डलाई छोडेर ओलीतिर लागेका छन् । प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री थापासँग भेटवार्ता गरेका थिए । शनिवार करीब ३ घण्टासम्म बसेको प्रचण्ड नेपाल समूहको बैठकमा समेत उपाध्यक्ष गौतम सहभागि भएनन् ।
बैठकमा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम रावल, रघुजी पन्त, मुकुन्द न्यौपाने, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत थिए । समिकरण बदलिएसँगै ओलीले स्थायी समिति बैठकपनि तत्काल नबोलाउने र सचिवालयले आफूलाई हटाउने खालको निर्णय गर्न नसक्ने ओली पक्षको दाबी छ । ओलीको बहुमत पुगेसँगै अव उनले राजीनामा दिनुपर्ने छैन् । तर, प्रचण्ड नेपालको गठबन्धनको दवाव कस्तो हुन्छ त्यसले नै नेकपाको बिबाद टुंगो लगाउने छ ।
ओली प्रचण्डको बराबर हैसितमा आसन
तत्कालिन नेकपा एमाले र माओवादीबीच पाटी एकता गर्दा ओली र प्रचण्डबीच भएको सहमतिमा आलोपालो सरकारको नेतृत्व गर्ने थियो । तर, पछि पुनः दुई अध्यक्षका बीचमा ५ बर्ष ओलीले प्रधानमन्त्री चलाउने र कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिने सहमति भयो । प्रचण्डले केही बैठक समेत बोलाए । बालुवाटारमा समेत समान हैसियमा कुर्सी राख्न थालियो । दुई अध्यक्षले नै पाटीको बैठक सञ्चालन गर्न थाले । तर, सभामुखको चयनपछि प्रचण्डको समान कुर्सी हटाइयो । लगातार सोही आसन बसाल्न थालेपछि नेकपामा अर्को बिबाद उत्पन्न भयो । प्रधानमन्त्री र पाटी अध्यक्षबाटै ओलीलाई हटाउने डिजाइन भएपछि शनिबारको बैठकमा फेरि कुर्सी समान हैसियतमा राखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ओली प्रचण्ड
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्