ताप्लेजुङमा आगलागी हुँदा ८ घर जले

काठमाडौं २० बैशाख । ताप्लेजुङको फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी हुँदा ८ घर जलेका छन् । शुक्रबार राति १० बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा रहेका घरमा आगलागी भएको हो । आगलागी फैलिन नदिन नजिकैका अन्य दुई घरहरु भत्काईएको थियो । भण्डारी खाजा घरबाट सुरु भएको आगलागी आसपासका घरहरुमा आगलागी भएको थियो ।
मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिण्डर विस्फोट भएर वातावरण झनै आतंकित भएको थियो । आगलागीपछि नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । मध्यराति भएको आगालागी नियन्त्रणमा लिन समस्या भयो । आगलागीले स्थानीय खेम केसी, खड्क थापा, नेत्र कार्की,विनिता चिया पसल,सरस्वती पुस्तक पसल,कार्की पसल,भण्डारी खाजा घर,भट्टराई चिया पसल,सुदिर सिक्देलको इलोक्टोनिक पसल, मनिट्रान्फर लगायतको घर तथा पसल जलेर नष्ट भएका छन् । यसअघि २०६० चैत १५ गते मा बिरेन्द्र चोकको आगलागिमा भएको थियो । उतिबेला ४५ घर जल्दा ५१ करोड क्षति भएको थियो । २०७१ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले । ४१ करोड बराबरको क्षती भएको थियो । २०६८ मा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारमा आगलागि भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोड क्षति भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आगलागी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्