Techie IT
  • २५ मंसीर २०८०, सोमबार
KhojPatrika

लकडाउन उलंघन ह्वात्तै बढ्यो, कसले दियो यति धेरै पास


काठमाडौं १६ बैशाख । सरकारले लकडाउन जारी राखेको मंगलबार ३६ दिन पुग्यो । अत्यावश्यक काम बाहेक घरभन्दा बाहिर ननिस्किनु भन्दै सरकारले दिएको निर्देशन नै पालना हुन छोडेको छ । मंगलबार त काठमाडौं उपत्यकामा सवारी साधनको चाप ह्वात्तै बढ्यो । एक्कासी माइतीघर, भद्रकाली, सिंहदरबार मात्रै होइन दरबारमार्गमा समेत सवारी साधनको चापले नै जाम बनायो । जसले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि जारी गरेको लकडाउन ३६ औं दिन पुग्दा ब्यापक उलंघन भएको छ । त्यतिमात्रै होइन काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको हुलले त झनै कोरोको जोखिम बढाएको छ ।
सोमबार पनि नागढुंगामा पूर्वदेखि पश्चिमसम्मका सवारी साधान भित्रिए । यात्रु नागढुंगामै रोकियो । तर, ती मानिस कसरी राजधानी आइपुगे भन्ने नै सरोकारवाला निकाय आश्चार्यमा परे । सोही घटनापछि गृहमन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै लकडाउनलाई पूर्ण पालना गराउन र सवारी साधान नछोड्न निर्देशन नै दिएको थियो । तर, मंगलबार काठमाडौं उपत्यकामा चलिरहेका सवारी साधनले सुरक्षाकर्मीलाई नै समाल्न हम्मे–हम्मे पार्यो । उपत्यकामा चलेका सवारी साधान देख्दा लाग्थ्यो लकडाउन सरकारले खोलीसक्यो । सुरक्षाकर्मीलाई नै टाउको दुखाउने गरी निष्किएका सवारी साधानलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । केही सरकारी सवारी साधन समेत प्रहरीको नियन्त्रणमा परेपछि उच्च तहमा फोन लगाइरहेका थिए । उनीहरु भन्दै थिए प्रहरी नियन्त्रणमा रहेको गाडी छुटाइदिनुपर्यो । मोटरसाइकल समेत सडकमा छ्यापछ्याप्ती निष्किएका छन् । समन्वयबिना काठमाडौं उपत्यकामा यात्रु भित्रनु र बाहिरिनुलाई पनि सरकारले गम्भिर रुपमा लिएको छैन् । त्यो पनि अति जोखिम र कोरोना संक्रमित भएका जिल्लाबाट नै मानिसहरु हुलका हुल राजधानी आइरहेका छन् । बिभिन्न बाहनामा यात्रुहरुको आवात–जावत बढ्दा राजधानी समेत कोरोनाको उच्च जोखिमा पर्न लागेको छ ।
जनप्रतिनिधिकै मनोमानी 
आफै सडकमा आएर बिभिन्न जिल्लाका सांसदहरुले सर्वसाधारणलाई घर पठाउन थालेपछि उनीहरु सडकमा निष्किने क्रम बढेको हो । सरकारले घरभित्रै बस्न आग्रह गरिरहेको छ । जो जहाँ छन् सोही स्थानमा स्थानीय सरकारले समन्वय गरी राहात र उद्धारको काम गर्न पनि निर्देशन दिएको छ । तर, जनप्रतिनिधि आफै सर्वसाधारण बिभिन्न चोक र सडकमा आउन आह्वान नै गरेका छन् । घरसम्म पुर्याउने भन्दै सडक तथा चोकमा सांसदले नै मानिसहरु जम्मा गर्न थालेपछि थप चुनौति थपिएको हो । उनीहरुले कोरोना भाइरसको जोखिमबाट बच्नलाई सामाजिक दुरी समेत कायम गरेको देखिएन ।
अझ् लामो दुरीका सवारी साधनमा कोचाकोच र ठेलमठेल यात्रु गाउँ पठाउँदा समेत सरकारले कुनै प्रतिक्रिया दिएन । जनप्रतिनिधि नै लकडाउनको उलंघन गर्ने पहिलो पात्र हुन् । काठमाडौं महानगरपालिकाले समेत सोमबारबाट बिहान ६ देखि १० बजेसम्म ४ घण्टा पसल खोल्न दिने निर्णय गरेपछि बिहानको सर्वसाधारणको भिड त समाल्नै गाह्रो देखिएको छ ।  बिहान र साँझ ५ बजेपछि चोक तथा बजारमा मानिसहरुको बाक्लो भिड लाग्ने गरेको छ । यसलाई नियन्त्रण गर्नका लागि न त स्थानीय प्रशासनले ध्यान दिएको छ न त स्थानीय सरकारले नै चासो देखाएका छन् ।
कसले दियो यति धेरै पास   
अत्यावश्यक काम परेका सर्वसाधारणका लागि सरकारले आवात–जावतका लागि पास दिने ब्यवस्था पनि गरेको छ । तर, जिल्ला प्रशासन कार्यालयबाट पास लिएका ब्यक्तीहरुको संख्या नै धेरै छ । बिभिन्न बाहनामा बनाइएका पासले लकडाउन उलंघन भइरहेको छ । पास लिनेहरुले नै पासको दुरुपयोग गरेको भेटिएको छ । सुरुमा निश्चित समयका लागि बनाइएको पास समेत लकडाउन थपिदै जादा सोेही पासलाई मान्यता दिएपछि संख्या ह्वात्तै बढेको हो ।
नीजि सवारी साधन र मोटरसाइकलहरुको चाप बढेपछि चेकजाचमा कडाई त गरिएको छ तर, पास देखाउनेहरुकै बढी जमात छ । यसले प्रश्न उब्जाइदिएको छ आबश्यकता भन्दा बढी पास बितरण गर्दा चुनौति थपिएको हो । कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने, लकडाउनको पूर्ण पालना गर्नुपर्ने हो । तर, मानिसहरु आफै अटेरी गरी लकडाउन उलंघन नै हुने गरी बाहिर निष्किदा कोरोनाको जोखिम थप बढाएको छ । सरकारले तत्काल नसोचे मानिसहरुको भिड र आवात–जावतले कोरोना संक्रमणको जोखिम झन्ै बढ्ने देखिन्छ ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कसले दियो यति धेरै पास

तपाईको कमेन्ट लेख्नुहोस्