नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो
काठमाडौं १६ बैशाख । नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । भारतबाट लुकीछिपी नेपाल आएका रौतहटका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नम्बर १ करुनीया बस्ने ३५ वर्षीय दुई जना पुरूषमा संक्रमण देखिएको छ । वृन्दावन नगरपालिकाका संक्रमित युवा अहिले घर मै छन् । कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो । प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । देवाही गोनाही नगरपालिकाका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । उनी भारतको राजधानी दिल्लीबाट नेपाल आएका थिए । संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेको खुलेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना उपचारपछि घर फर्किएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको संख्या ५४ पुग्यो
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्