कारोना संक्रमितको संख्या ३० लाख ६४ हजार
काठमाडौं १६ बैशाख । कोरोना भाइरसको विश्वव्यापी महामारी अमेरिकासहितका अधिकांश देशमा उच्च तह पुगेर ओरालो लागे पनि संक्रमित र मृत्यु हुनेको संख्या भने लगातार बढिरहेको छ । विश्वमा अहिलेसम्ममा संक्रमितको संख्या ३० लाख ६४ हजार भन्दा बढी पुगेको छ । यस्तै, विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १२ हजार नाघेको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा १२ सय ५३ जनाको मृत्यु भएसँगै कुल ज्यान गुमाउनेको संख्या ५६ हजार ८ सय पुगेको छ । यस्तै अमेरिकामा संक्रमितको संख्या ९ लाख ८७ हजार भन्दा बढी रहेको छ । पछिल्लो २४ घण्टामा इटाली र स्पेन दुवैमा कम्तिमा ३३० जनाको मृत्यु भएको छ । इटालीमा अलिहेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २६ हजार ९ सय ७७ तथा स्पेनमा २३ हजार ५२१ रहेको छ । यस्तै फ्रान्समा ज्यान गुमाउनेको संख्या २३ हजार २९३ पुगेको छ भने बेलायतमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्