बिश्वमा कोरोना संक्रमितको संख्या करिव ३० लाख
काठमाडौं १५ बैशाख । बिश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ३० लाख पुगेको छ । कोरोना भाइरसबाट पछिल्लो तथ्याङ अनुसार २९ लाख ९४ हजार भन्दा बढी संक्रमित भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या २ लाख ७ हजार पुगेको छ । सबैभन्दा बढी युरोप र अमेरिका प्रभावित छन् । उपचारपछि निको हुनेको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । अहिलेसम्म ८ लाख ७८ हजार भन्दा बढी उपचारपछि निको भइ घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ११ सय ५६ जनाको मृत्यु भएको छ भने सोही अवधिमा बेलायतमा ४ सय १३ जनाको ज्यान गएको छ । यस्तै, स्पेनमा २ सय ८०, इटालीमा २ सय ६०, फ्रान्समा २ सय ४२ र ब्राजिलमा २ सय २३ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #बिश्वमा कोरोना
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्