मैले सुझाव दिए, प्रधानमन्त्री थोरै बोल्नुभयो, म बालुवाटारबाट निस्किएः बामदेव गौतम
काठमाडौं १४ बैशाख । नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चर्काचर्की नभएको दाबी गरेका छन् । आइतबार एक बक्तब्य जारी गर्दे उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीसँग छलफल भएको तर चर्काचर्की नभएको दाबी गरेका हुन् । उनले सञ्चारमाध्यममा आएजस्तो प्रधानमन्त्रीलाई राजीनामा दिन नभनेको जिकिर गरेका छन् । उपाध्यक्ष गौतमले बक्तब्यमा हिजो १३ गते प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिका टिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ भन्ने उल्लेख गरेका छन् । उनले धैर्यतापूर्वक मेरो सल्लाह प्रधानमन्त्रीले सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो भन्दै बक्तब्य जारी गरेका हुन् ।
नेकपामा प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश फिर्ता भएपनि शिर्ष नेताहरुका बीचको बिबाद साम्य भएको छैन् । सचिवालय बैठकका अधिकांश सदस्य नै प्रधानमन्त्रीका बिरुद्धमा मोर्चाबन्दी गरेपछि यतिबेला बिबाद झनै चर्किएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #बामदेव गौतम
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्