लकडाउन थप्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं १४ बैशाख । पाँचौ चरणको लकडाउन थप्न मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री निवासमा बस्ने बैठकले लकडाउनको बारेमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको थियो । समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गरेको छ । सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ । यसका साथै सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राखेको छ । अहिलेसम्म कोरोनाविरुद्ध सरकारले गरेको तयारी सफल भएको सरकारको दावी छ । त्यस्तै, काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे सरकारका मन्त्रीहरुबीच छलफल भएको छ । कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिरहेको छ । यसअघि लकडाउन तीन पटकसम्म थपिएको छ । लकडाउनको आज ३४ औं दिन हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #मन्त्रिपरिषद बैठक
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्