अध्यादेश खारेजपछि ओली, प्रचण्ड र देउवाको सामुहिक भेट
काठमाडौं १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवासँग भेटबार्ता गरेका छन् । चौतर्फी आलोचनापछि दुई अध्यादेश मन्त्रीपरिषको बैठकबाट फिर्ता लिने निर्णय गरेका प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्री ओलीलाई सभापति देउवाले धन्यबाद दिएका थिए । कांग्रेसले सरकारले अध्यादेश ल्याएपछि तत्काल फिर्ता लिन माग गरिरहेको थियो । उसले प्रतिपक्षदलहरुको बैठक समेत गरेको थियो । लामो समयसम्म भेटवार्ता नगरेका ओली देउवाको भेटलाई चासोका रुपमा हेरिएको थियो । प्रधानमन्त्री ओलीसँग छलफल लगत्तै फेरि नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै तीन नेताहरुको छलफल भएको थियो ।पाटी फुटाउन सहज हुने अध्यादेश ल्याएको भन्दै पाटीभित्रै चर्को बिरोध भएपनि अध्यादेश फिर्ता लिए लगत्तै छलफललाई प्रधानमन्त्री ओलीले तिब्रता दिएका हुन् । प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र सभापति देउवाकाबीच कोरोना भाइरसका बिरुद्ध लड्नका लागि एकताबद्ध भएर जाने सहमति गरेका छन् ।क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #ओली प्रचण्ड र देउवा
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्