समाजवादी पार्टी र रापजाबीच एकता गर्ने सहमति

काठमाडौं ११ बैशाख । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकता गर्ने सहमति भएको छ । बुधबार राती ११ बजे दुबै पाटीका नेताहरुबीच पाटी एकता गर्ने सहमति भएको हो । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । दुबै पाटीका नेताहरुबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । पार्टी एकीकरण समानताको आधारमा गरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने सहमति भएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुने बताइएको छ । सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गर्ने निर्णय गरेका हुन् । पाटी एकता भने कहिले गर्ने भन्ने खुलाएका छैनन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #एकता गर्ने सहमति
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्