उदयपुरमा अर्का एक जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या ३२ पुग्यो

काठमाडौं ९ बैशाख । नेपालमा अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा फेरि एक जना ३३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३२ पुगेको छ । जसमध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्यको भने धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको भन्दै नतिजा आउन बाँकी रहेको प्रवक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए । उदयपुरमा थप १०० जनाको पीसीआर विधिबाट परीक्षण गर्ने गरी नमूना संकलन गरिएको छ । ती नमूनाहरु हाल परीक्षणका क्रममा रहेका छन् । पछिल्लो २४ घण्टामा ३ सय ३३ वटा थ्रोड स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । पीसीआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ जनाको नमूना परीक्षण गरिएको छ । र्यापिट डाइग्रोस्टिक टेस्ट आरडीटी विधिबाट हालसम्म २७ हजार ९ सय ५६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ८ सय ८ जनाको नमूना आरडीटीबाट परीक्षण गरिएको थियो । आरडीटी विधिबाट हुने परीक्षण ७७ वटै जिल्लामा शुरु भएको छ । आरडीटी विधिबाट गरिने परीक्षणका क्रममा व्यक्तिमा कोरोना संक्रमण भएको संकेत दिने एन्टिबडी पोजेटिभ देखिएमा पीसीआर विधिबाट पुनः परीक्षण गरिनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्