डब्ल्यूएचओ र अमेरिकी राष्ट्रपति ट्रम्पको तिक्तता

काठमाडौं ४ बैशाख । विश्व स्वास्थ्य संगठन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको बिबाद उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ लाई दिँदै आएको रकम रोक्ने घोषणा बताएका थिए । अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै आएको छ । भने चीनले मात्र ४ करोड डलर दिने गरेको छ । अमेरिकी राष्ट्रपतिले डब्ल्यूएचओलाई यति हुँदाहुँदै पनि चीनको पक्षमा काम गरेको आरोप लगाउँदै कोरोनाभाइरस संक्रमण रोक्नका लागि संगठनको भूमिका नखेलेको आरोप लगाउँदै आएका छन् । यहि भनाईलाई संगठनले भने ट्रम्पको निर्णयप्रति खेद जनाएको छ । उता अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनाभाइरसमाथि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनको फेरि विश्व स्वास्थ्य संगठनमाथि रिस पोखेका छन् । ट्रम्पले आफूले जे सोचेको ठ्याक्कै त्यस्तै भएको प्रतिक्रिया दिएका छन् । उनले कोरोनाभाइरसको संक्रमण रोक्न चीनका लागि अमेरिकी सीमा बन्द गर्ने घोषणा गर्दा निर्णयको व्यापक आलोचना गरिएको भन्दै आक्रोश पोखे ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्