कोरोना भाइरस परीक्षणको संख्याः १५ हजार ८ सय
काठमाडौं ३ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर जम्मा १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको बताएको छ । पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको बताएको हो। बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले चौबीस घन्टामा कुल २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ। देशभर ५ हजार ५ सय १४ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा भने १ सय १७ जना छन्, जसमध्ये उपत्यकामा ११ जना र उपत्यकाबाहिर १०६ जना छन् । देशभर रेडजोनमा भने १३ जना रहेका छन् । देशका अधिकांश जिल्लामा र्यापिड टेस्ट सुरु भइसकेको छ भने १४ वटा जिल्लामा अझै सुरु हुन बाँकी छ।
मन्त्रालयले कोभिड–१९ ९कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न समेत ग्रह गरेको छ । विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशन गरेको भन्दै बिरामीको अनुमतिबिना विवरण प्रकाशनरप्रसारण नगर्न आग्रह गरेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस परीक्षण
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्