Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

कोरोना भाइरस परीक्षणको संख्याः १५ हजार ८ सय


काठमाडौं ३ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर जम्मा १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको बताएको छ । पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्‍यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको बताएको हो। बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले चौबीस घन्टामा कुल २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ। देशभर ५ हजार ५ सय १४ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा भने १ सय १७ जना छन्, जसमध्ये उपत्यकामा ११ जना र उपत्यकाबाहिर १०६ जना छन् । देशभर रेडजोनमा भने १३ जना रहेका छन् । देशका अधिकांश जिल्लामा र्‍यापिड टेस्ट सुरु भइसकेको छ भने १४ वटा जिल्लामा अझै सुरु हुन बाँकी छ।

मन्त्रालयले कोभिड–१९ ९कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न समेत ग्रह गरेको छ । विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशन गरेको भन्दै बिरामीको अनुमतिबिना विवरण प्रकाशनरप्रसारण नगर्न आग्रह गरेको हो ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस परीक्षण

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं