सनसीटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमणको पुष्टि,अपार्टमेन्ट शिलबन्दी

काठमाडौं २ बैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि पेप्सिकोलास्थित सनसीटी अपार्टमेन्टमा त्रास फैलिएको छ । अपार्टमेन्टमा थुप्रै भीआइपीहरु बस्ने गरेको खुलेपछि यसले भयावह रुप लिन सक्ने भन्दै त्यसका क्षेत्रका वासिन्दा चिन्तित भएका छन् । २ जना कोरोना संक्रमित पाइएपछि उनीहरु बस्दै आएको सनसिटीमा शिलबन्दी गरिएको छ । र्यापिट डाइग्नोस्टीक कीटमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । उनीहरुको स्वाबको थप परिक्षणका लागि सोमबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । हाइप्रोफाइलका व्यक्तिहरु बस्दै आएको सनसिटीमा अपार्टमेन्ट २ जना कोरोना संक्रमित पाइएपछि थप सर्तकता अपनाइएको छ । अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो । अपार्टमेन्टमा रहेका सबैलाई सेल्फ क्वारेन्टाइनमा रहन भनिएको छ । ५ वटा टावर रहेको अपार्टमेन्टमा सिलबन्दी गरेपछि त्यहाँ बस्दै आएका सबै अव भित्रै बस्नुपर्ने छ । उनीहरुलाई दैनिक अत्यावश्यक बस्तु समेत पुर्याउने ब्यवस्था मिलाइएको छ भने स्थानिय नगरपालिकासँग समन्वय गरिने छ ।
जहाँ भिआईपीहरुको उठबस हुन्थ्यो
काठमाडौंको सनसिटीमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाका छोरा तिलक खतिवडा समेत बस्दै आएका छन् । ५ सय परिवार बस्दै आएको अपार्टमेन्टमा अहिले कति परिवार छन् भन्ने बिवरण संकलनको काम भइरहेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल पनि सोही एपार्टमेन्टमा बस्दै आएका छन् । राष्ट्रिय सभामा विपक्षी दल नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीको पनि सनसीटीमा फ्ल्याट भएपनि उनको त्यहाँ बसोबास नरहेको बताइएको छ । एमालेका नेता भीम न्यौपाने, संविधानसभाका पूर्व सदस्य विसेन्द्र पासवान, पूर्वसांसद कृष्णप्रसाद सापकोटा पूर्व जिल्ला शिक्षा अधिकारी वावुराम नेपाल लगायतका व्यक्तिहरु पनि त्यही रहेका छन् । सोसाइटीको सचिवमा अर्थमन्त्री डाक्टर खतिवडाका छोरा तिलक खतिवडा निर्वार्चित भएको सोसाइटीका पूर्व अध्यक्ष प्रविन झाले जानकारी दिए । चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा.खतिवडा समेत पुगेकाले उनको पनि तत्काल परीक्षण गर्न झाले सुझाब दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #सनसीटी अपार्टमेन्ट
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्