Techie IT
  • २१ साउन २०७८, बिहीबार
KhojPatrika

१० दिनमै १२ शैयाको आइसोलेसन कक्ष बनाउदै आठबिसकोट नगरपालिका  


रुकुम पश्चिम ३० चैत । जिल्लाको आठविसकोट नगरपालिकामा आइसोलेसन कक्ष निर्माणको काम धमाधम भइरहेको छ । कोरोना भाइरसको त्रासमा देश लकडाउनले ठप्प रहेको बेला आठबिसकोट नगरपािलका भने आइसोलेसन कक्ष बनाउन रातदिन काम गरिरहेको छ । रुकुमपश्चिममा अहिलेसम्म कोरोना भाइरसको संक्रमण त देखिएको छैन् । तर, पूर्व तयारीका लागि आइसोलेन कक्ष १० दिनमै निर्माणका लागि काम भइरहेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरी  नगरपालिकाले १२ शैयाको आइसोलेसन कक्ष स्थापना गर्न लागेको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखा परेका विरामी लगायत अन्य कुनै पनि सरुवा रोगका विरामीहरुलाई अलग्गै राखेर उपचार गर्नका लागी आइसोलेसन कक्ष स्थापना गर्न लागिएको नगरप्रमुख केसीको भनाई छ । वडा नम्बर ९ स्थित आठविसकोट नगर अस्पताल नजिकै अहिले काम छिटो सम्पन्न गर्नका लागी रातमा पनि बत्ती बालेर काम भइरहेको छ ।
१० दिनभित्रमा भवनको सबै काम सक्ने नगरपालिकाले लक्ष्य लिएको छ । शनिबार बिहानसम्म आधा काम सकिएको र तोकिएको समयमै काम सक्ने गरी काम भइरहेको छ । आइतबारदेखि ढलान सुरु भएको छ ।  दैनिक ६०–७० जना कामदार निर्माणका लागि खटिएका छन् । स्थानीय विभिन्न समूह तथा सहकारी लगायतका सदस्यले समेत श्रमदान गरिरहेका छन् ।  भवनमा सात वटा कोठा र एउटा हल छ । जसमध्ये ६ वटा कोठामा बाथरुम समेत बनाइने छ । एउटा नर्सिङ वार्ड हलमा जनरल वार्ड राखिने नगरपालिकाले जनाएको छ ।
सिमेन्ट, इँटा, शौचालय निर्माणलगायतमा नगरपालिकाले २० देखि २५ लाख मात्रै खर्च हुने देखिएको छ । स्थानीयले भवन निर्माणमा उत्साह थप्दै आर्थिक सहयोग पनि गरिरहेका छन् । भवन मात्रै ६९ लाख ४५ हजारमा बन्ने गरी डिजाइन स्टिमेट बनेको छ। त्यसमा उपकरण खरिद र जडानको खर्च जोडिएको छैन। अलिेसम्म ५० प्रतिशत काम सकिएको स्थानीयले बताएका छन् । आइसोलेसन निर्माणका लागि नेपालगन्ज र दाङबाट निर्माण सामाग्री लिएर ५ वटा ट्रक आईपुगेका छन् । भने मेडिकल उपकरण पनि ल्याउने तयारी नगरपालिकाले गरेको छ ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आठविसकोट नगरपालिकामा आइसोलेसन कक्ष

तपाईको कमेन्ट लेख्नुहोस्