विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ८९ हजार पुग्यो
काठमाडौं २७ चैत । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ८९ हजार पुगेको छ । विश्वभर संक्रमण र मृत्यु दर रोक्ने प्रयासहरु असफल हुन थालेपछि यो स्थिति आइपरेको हो । संक्रमण हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ भने तीन लाख तीस हजार उपचारपछि निको भइ फर्केका छन् ।
पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९५ जनाको मृत्यु भएको छ भने बेलायतमा ९ सय ३८ जनाको मृत्यु भएको छ । सोही अवधिमा स्पेनमा ७ सय ४७ जनाको मृत्यु भएको छ भने इटालीमा ५ सय ४२ जनाको ज्यान गएको छ । फ्रान्समा ५ सय ४१ जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ सय ३३ जनाको ज्यान गएको छ । यस्तै, बेल्जियममा एकैदिनमा २ सय ५ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्