Techie IT
  • १२ असोज २०८०, शुक्रबार
KhojPatrika

लकडाउन उलंघन गर्नेलाई गोली हान्ने आदेश


काठमाडौं २६ चैत । लकडाउनको उल्लंघन गर्दै सडकमा निस्किने क्रम बढेपछि सरकारले थप कडाई गरेको छ । प्रहरीले पनि आक्रामक बन्ने नीति अख्तियार गरेको छ । उपत्यकामा थप मद्दत टोली समेत खटाएर प्रहरीले बुधबार बिहान मात्रै ३ सयभन्दा बढि सवारी सधान कारबाही गरिएको छ । त्यसैगरी दूई हजारभन्दा बढि पैदल यात्री पनि कारबाहीमा परे । जिल्ला प्रशासन कार्यलय काठमाडौंले त लकडाउन उल्लघन गर्नेहरु विरुद्ध गोली हान्न सक्नेसम्मको चेतावनी दिएको छ । काठमाडौं उपत्याकामा विभिन्न बाहानामा लकडाउन उल्लघन गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यलय काठमाडौंले गोली हान्न सक्ने सम्मको चेतावनी दिएका हुन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विश्वमा महामारीका रुप फैलिएको कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहेको अवस्थामा नेपाल सरकारले गरेको निर्णयलाई नमान्ने विरुद्ध प्रशासन थप कडाइका साथ उत्रने र उस्तै परे प्रहरीलाई गोली हान्न सक्ने सम्मको अधिकार दिन समेत पछि नपर्ने चेतावनी दिएका छन । त्यो संगै सडकमा नेपाल प्रहरी,शसस्त्र प्रहरी,ट्राफिक प्रहरीलेहरुले पनि चेकजांचमा कडाइ गरिएको छ । लकडाउन उल्लंघन गर्ने काठमाडौं, ललितपुर र भक्तपुर सर्वसाधारणलाई ठूलोसंख्यामा समेत होल्ड गराएका छन । भने त्यति नै संख्यामा सवारी साधनहरुलाई समेत नियन्त्रणमा लिएर कारवाही गरेका छन । हालसम्म नेपालमा ९ जनालाई कोरोना भाइरस संक्रमित भएको पुष्टी भएको छ । उनीहरुलाई सरकारले विभिन्न अस्पतालमा रोखेर उपचार गरीरहेको छ । नेपालमा कोरोना संक्रमणहरु बढ्न सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै लकडाउन अवधी समेत तेस्रो चरण थपिसकेको छ । लकडाउन आमनागरिककै लागि सरकारले चालेको कदम भएकोले अब प्रहरी थप कडा रुपमा प्रस्तुत हुने प्रहरीले पनि बताइसकेको छ । अहिले उपत्यकामा मात्रै लकडाउन कार्यान्वयनका लागि ४ हजार प्रहरी सडकमा खटिएका छन् ।त्यसैले पनि विभिन्न बाहनामा बाहिर निस्किनेलाई छुट हुँदैन र दिनुपनि हुदैन । किन की यो महामारीले उत्पन्न गराएको संकटमा हामी आमनागरिक पनि सेचत भइ लकडाउन पालना गर्नुको विकल्प छैन ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्