जोखिम मानिएको सुदुरपश्चिममा अत्याधुनिक उपकरण पुग्यो
धनगढी २६ चैत । भारतबाट आएका मानिसमा कारोना संक्रमण देखिएपछि जोखिम मानिएको सुदुरपश्चिम प्रदेशमा कोरोना परीक्षण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण पुर्याइएको छ । काठमाडौँबाट नेपाली सेनाको स्काईट्रकले बुधबार उक्त उपकरण धनगढी पुर्याएको हो । धनगढीमा स्थापना भएको प्रयोगशाला मार्फत धेरै कम सङख्यामा परीक्षण हुन थालेपछि बढी क्षमताको उपकरण धनगढी पुर्याइएको हो । यो उपकरण जडान भएसँगै तीन घण्टामा ९६ जना र दिनमा चार सयको परीक्षण गर्न सकिने बताईएको छ। पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरिको प्रयोगशालामा आजै स्थापना गर्ने तयारी गरिएको छ । सुदूरपश्चिममा कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर प्रयोगशालाले अहिले नै मेसिन जडान गर्न थालिएको छ । आजे मेसिन जडान भएर परीक्षण शुरु गरिने छ । मेसिन तीनघण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको रहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेशिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सुदूरपश्चिममा संक्रमितको संख्या ४ जना पुगेपछि सरकारले मंगलबारदेखि कैलाली र कंचनपुरमा र्यापिड टेस्ट परीक्षण शुरू गरिसकेको छ। मंगलबारमात्र कैलाली र कंचनपुरबाट १ सय ९५ जनाको नमूना संकलन गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #सुदुरपश्चिममा अत्याधुनिक उपकरण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्