प्रधानमन्त्री ओली अस्पताल भर्ना हुँदै, मोदीले दिए स्वाथ्य लाभको शुभकामना

काठमाडौं १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुँदैछन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली भर्ना हुन लागेका हुन् । यसअघि १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो पटक भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नै ओलीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । ओलीलाई भाञ्जी पर्ने झापाकै एक महिलाले मिर्गौला दिन लागेको जनाइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि बुधबार मिर्गौला प्रत्यारोपण गरिनेछ । शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेगरी भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै केपी शर्मा ओलीको सफल शल्यक्रिया र तीव्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #मोदीले गरे स्वाथ्य लाभको शुभकामना
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्