प्रधानमन्त्री ओली अस्पताल भर्ना हुँदै, मोदीले दिए स्वाथ्य लाभको शुभकामना
काठमाडौं १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुँदैछन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली भर्ना हुन लागेका हुन् । यसअघि १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो पटक भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नै ओलीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । ओलीलाई भाञ्जी पर्ने झापाकै एक महिलाले मिर्गौला दिन लागेको जनाइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि बुधबार मिर्गौला प्रत्यारोपण गरिनेछ । शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेगरी भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै केपी शर्मा ओलीको सफल शल्यक्रिया र तीव्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उनले भगवान पशुपतिनाथको कृपाले ओलीलाई सुस्वास्थ्य, खुशी र दीर्घजीवन प्राप्त होस् भनि कामना गर्दै ओलीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली उपचारार्थ अस्पताल भर्ना हुने खबर फैलिएसँगै स्वास्थ्यलाभको कामना गर्ने मोदी पहिलो विदेशी सरकार प्रमुख हुन् ।क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #मोदीले गरे स्वाथ्य लाभको शुभकामना
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्