Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

नेकपामा मच्चिएको त्यो खैलाबैला


काठमाडौं १८ फागुन । नागरिकस्तरमा भोको पेट भएपनि देश र जनताको चिन्ता गर्नेहरु धेरै–धेरै छन् । हुन त कतिपय नागरिक अभियन्ताहरुका पनि आफ्नै स्वार्थ होलान, कतिपयले विभिन्न अभियान चलाएरै स्वार्थ पुरा गरेका विगत पनि हामीसँग नभएका होइनन् । तर यहाँ नागरिक भन्दा बढी नेता बिग्रिए, कर्मचारीहरु बिग्रिए । स्वार्थ पनि आ–आफ्नै अनेक–अनेक । कोही राष्ट्र र जनताको सेवक बन्छु भन्दै सत्तामा आफ्नै पारामा रमाउने त कोही प्रधानमन्त्री बन्न संविधान नै संसोधन गर्नुपर्छ भन्दै पाटी भित्रको गुट समाउने । प्रमुख प्रतिपक्षी दलभित्र गुटैगुट, एउटा गुटलाई नेतृत्व मन नपर्ने नेतृत्वको शैली र पारा आफ्ना, नजिककालाई अबसर र मौका दिने खालको । सत्तारुढ दल भनौँ वा नेकपाको त कुरै नगरौँ । देश र जनताको पक्षमा काम गरौँ भन्नेहरु भन्दा नेतृत्वमा कसरी पुग्ने, प्रधानमन्त्री, मन्त्री कसरी बन्ने स्वार्थ कसरी पुरा गर्ने भन्ने चिन्ता बढी । गुटको जुटले सधै समस्या सधै किचलो । जनताले सबक सिकुन गफभन्दा काम गरुन भनेर निर्वाचनमा हराएका बामदेव कमरेडको प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले नेकपामा खैलाबैला नै मच्चायो । राष्ट्रिय सभा सदस्यमा मनोनित गराउने, संविधान संशोधन गरेर गौतमलाई प्रधानमन्त्री बनाउने नेकपा भित्रका केही नेताहरुको स्वार्थ नबुझेर नै होला प्रधानमन्त्री समेत रहेका पाटी अध्यक्ष केपीशर्मा ओली केही दिनसम्म त बामदेव रणनीतिमा मौन थिए । तर, बुधबार पाटी सचिवालयले निर्णय गरेको एक घण्टा बित्न नपाउँदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ठूलै झड्का दिए । तीन बर्ष कार्यकाल हुँदा नै गौतमलाई प्रधानमन्त्रीको उमेद्धवार जसरी पाटी अध्यक्ष पुष्पकमल दाहाल, नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले संविधान संशोधन गर्न कार्यदल बनाउने सहमति गरेर गरेको चालवाजी तत्काललाई रोकिएपनि पार्टी भित्रको रडाको तत्काल मत्थर हुने देखिदैन । एकपछि अर्को विवादको किर्तिमान बनाएको सत्तारुढ दल किन स्वार्थ समूहको सहयोगी बनिरहेको छ । कतिपय कार्यकर्ता मात्रै होइन कतिपय नेता नै तिनछक छन्, यतिबेला । जसरी भए पनि प्रधानमन्त्री बन्ने बामदेगको जिद्धीपनाले सबै दल र तीनका नेताको स्वार्थी चरित्र आफै उदांगो पारिदिएको छ । देश र जनताको सेवा गछुभन्दै कसम खाने, हजुर अवशर दिनुहोस भन्दै मतदाता सामु लम्पसार पर्ने अनि जसरी भएपनि प्रधानमन्त्री, मन्त्री बनेर कमाउनु र रमाउनुपर्छ भन्दै मरिहत्ते गर्ने राजनीतिक संस्कार अति भएन र । बुधबारको त्यो घटनाक्रमले तातिएको नेकपा अझै सेलाएको छैन् । बरु नेताहरु आ–आफनै रटान र भाषणबाजी गरिरहेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपामा मच्चिएको त्यो खैलाबैला

तपाईको कमेन्ट लेख्नुहोस्